0
निजगढसमाचार, निजगढ, माघ २५ । 
सरकारले पर्सा राष्ट्रिय निकुञ्ज विस्तारको तयारी गरेपछि सामुदायिक वन उपभोक्ता महासंघ बारा र रौतहटले विरोध जनाएका छन् । 
निकुञ्ज विस्तार रोक्न माग गर्दैै महासंघको नेतृत्वले वन तथा भुसंरक्षण मन्त्रालयका सचिव डा युवकधोज जिसी, वन विभागका निर्देशक कृष्ण आर्चाय र राष्ट्रिय निकुञ्ज तथा आरक्ष वन्य जन्तु संरक्षण विभागका मन बहादुर खड्कालाई ज्ञापन पत्र बुझाएको छ । 
समुदायको अधिकारलाई कुण्ठित गर्ने गरि निकुञ्ज विस्तार गर्न लागिएकाले सामुदायिक वन उपभोक्ताले विरोध गरेको महासंघ बाराका अध्यक्ष रामजी प्रसाद बजगाईले बताए । ‘२०५५ सालदेखि वन संरक्षण र वनमा आश्रित नागरिकको अधिकारबाट बञ्चित गर्न खोजिएको छ,’ अध्यक्ष बजगाईले भने–‘सामुदायिक वन समुहलाई हस्तक्षप गर्ने निर्णय स्वीकार हुँदैन् ।’ 
टोलीमा बारा र रौतटहका २६ वटा सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि सहभागि रहेको महासंघ रौतटहका प्रतिनिधि इन्द्र प्रसाद उप्रेतीले बताए ।
राष्ट्रिय र सामुदायिक वन समुह क्षेत्रलाई गाभेर ४ हजार हेक्टर वनलाई पर्सा निकुञ्जमा समावेश गर्न वन विभाग मार्फत मन्त्रालयमा प्रस्ताव अघि बढाईएको सूचना पाएका सामुदायिक वन समुहका प्रतिनिधि विस्तार रोक्न माग गर्र्दै काठमाण्डौं पुगेका हुन् । 


Post a Comment

 
Top