0
निजगढसमाचार, निजगढ, २७ माघ । 
महेश्वर अधिकारी/मन्त्रिपरिषद्को बैठकले तपस्वी रामबहादुर बम्जनले आफ्नो आश्रयस्थल बनाएको बारा जिल्लाको वनक्षेत्रलाई धार्मिक वन घोषणा गर्ने निर्णय छ । अहिले पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा रहेको वन क्षेत्रलाई धार्मिक वन बनाउने सरकारले निर्णय गरेको हो ।
लामो समयदेखि धार्मिक बन नबाउन पहल भए पनि शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले यस्तो निर्णय गरेको हो ।
सरकारी निर्णय बारे आफु अनविज्ञ रहेको पर्सा राष्ट्रिय सिनकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आर्चायले प्रतिकृया दिनुभएको छ ।  उहाँले जैविक विविधता र वन्यजन्तुलाई संरक्षण गर्ने गरि विधि बनाउन आवश्यक रहेको जनाएका छन् ।
तपस्वि बजमलने पहिला रतनपुस्थित सामुदायिक वन  र पछि हलखोरिया वन क्षेत्रमा तपस्या गर्नुभएको थियो । सरकारी निर्णयमा कुन क्षेत्रलाई धार्मिक वन बनाईएको भन्ने खुलाईएको छैन् । ७ सय हेक्टर वन क्षेत्रलाई धार्मिक बन वनाउन पहल भए पनि कति क्षेत्रफललाई घोषणा गरिएके भन्ने बारे खुलेको छैन् ।
पछि तपस्या गरेका हलखोरिया क्षेत्रमा भौतिक संरचना समेत बनाईएको छ । वन कार्यालयले भौतिक संरचना हटाउने प्रयास गरेपनि पूर्णै रुपमा हटाउन सकेको थिएन् ।
रातो पासपोर्ट प्रकरणका कारण विवादमा मुसिएपछि हलखोरिया क्षेत्र छाडेर  तपस्वी रामबहादुर बम्जनले सिन्धुलीलाई आफ्नो आश्रयस्थल बनाउँदै आउनु भएको छ । धार्मिक वन घोषणा भएपछि उहाँ यहाँ फर्किने आशा स्थानीयले राखेका छन् ।

Post a Comment

 
Top