0
निजगढसमाचार, निजगढ, २८ माघ । 
मोफसलको चर्चित फुटवल प्रतियोगिता रुस्लान ९ औं सिमरा गोल्डकपमा आईतबार दुई विभागिय टिम प्रतिस्पर्धा हुनेछ । बाराको सिमरा रंगशालामा हुने दोस्रो क्वार्टरफाईनल खेलमा त्रिभूवन आर्मी क्लब र सशत्र प्रहरीको नेपाल एपीएफ क्लबबीच प्रतिष्पर्धा हुने भएको हो ।
खेल दिउसो ३ बजेपछि सुरु हुनेछ । त्रिभुवन आर्मी २०७१ सालको बिजेता र गत बर्षको उप–बिजेता हो । प्रतियोगितामा आर्मि वाई पाएर क्वाटर फाईलमा प्रवेश गरेको हो भने एपीएफ आयोजकको ‘निलो’ टिमलाई पराजित गर्दै अन्तिम आठमा पुगेको हो । 
१० टिमको सहभागीता रहेको छ । प्रतियोगितामा रुस्लान थ्री स्टार क्लब, सिएमजी संकटा तथा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल आर्मी, सुदूरपश्चिम ११, मोरङ फुटबल क्लब, आयोजक नव जन जागृति युवा क्लब, विजय युथ क्लब (हेटौडा) र वीरगंज युनाइटेड क्लब गरेर १० टोलीको सहभागिता हुनेछ । 
विजय डिष्टिलरीको मुख्य प्रयोजनमा सञ्चालन हुने गोल्डकपको विजेताले ५ लाख ५१ हजार र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

Post a Comment

 
Top