0
निजगढसमाचार, सिमरा, १८ माघ । 
बाराको सिमराबाट ११ थान कस्तुरीको नाबी सहित एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीले जीतपुरसिमरा उपमहानगरपालिका १ एयरपोर्टरोडका बागलुङ्ग सुनचाँदी पसलका सञ्चालन बलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिमराको समन्वयमा  सिआईबीको टोलीले सुन पसलबाट अबैध रुपमा राखिएको ११ वटा संरक्षित बन्यजन्तु कस्तुरीको नाबी बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।
पक्राउ परेका विश्वकर्मालाई बन्यजन्तु ऐन अनुसार कारवाहीका लागि प्रहरीले विहीबार जिल्ला बन कार्यालय बाराको जिम्मा लगाएको छ । पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाराको हिरासतमा राखिएको छ ।

Post a Comment

 
Top