0
निजगढसमाचार, निजगढ, २० माघ ।
बाराको करैयामाईमा सम्पन्न दोश्रो पिपरा गोल्ड कपको उपाधि बारा–११ ले हात पारेको छ । सृजनशील युवा क्लबले अयोजना गरेको प्रतियोगितामा मकवानपुर–११ बिरुद्ध १–० गोल अन्तरले पराजित गर्दै बाराले उपाधि जितेको हो ।
पहिलो हापमा गोल रहित बराबरी खेलको बारा–११ ले दोस्रो हापको १९ औं मिनेटमा शत्रुधन चौधरीले गरेको एमा मात्र निर्णायक बन्यो ।
उपाधिसंगै बाराले नगद रु एक लाख ७५ हजार रुपैया हात पा¥यो भने मकवानपुरले दोश्रो ट्रफी संगै नगद रु ७५ हजार रुपैयामा चित्त बुझाएको छ ।
करैयामाई गाँउपालिकाका अध्यक्ष भुवनेश्वर धामीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनाल, बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धर, प्रहरी उपरीक्षक राजकुमार बैदवार लगायतको विशेष आतिथ्यता रहेको थियो ।

Post a Comment

 
Top