0
निजगढसमाचार, निजगढ, १५ माघ ।  
शहीद दिवसको अवसर पारेर निजगढ नगरपालिकाले भोलि निजगढ नगरपालिका वडा नम्बर ४ मा रहेको ऐतिहासिक पर्यटकीय क्षेत्र शहिद हिरालाल पार्क गोलघरमा विशेष कार्यक्रम गर्ने भएको छ । शहिदहरुको सम्मान र सम्झनाको निम्ति शहिद दिवस विशेष कार्यक्रमको आयोजना गर्ने भएको हो । 
दिवसको अवसरमा आयोजना गर्न लागिएको विशेष कार्यक्रम अन्र्तगत दोश्रो जनआन्दोलन २०६२÷६३ सालमा शहादत प्राप्त गर्नुभएका शहिद हिरालाल गौतमको शालिकमा माल्यार्पण, शहिद परिवारलाई सम्मान गरिने भएको छ । 
पार्क क्षेत्रमा सरसफाई समेत गरिने भएको निजगढ नगरपालिकाका सुचना अधिकारी नविन खनालले बताउनुभयो । उहाँले विहान ११ बजे सबै नगरवासीलाई कार्यक्रममा सहभागि हुन आह्वान गर्नुभयो ।


Post a Comment

 
Top