0

निजगढसमाचार, निजगढ, ५ चैत्र ।

बाराको निजगढ–८ स्थित श्री बकैया ठाकुर निम्न माध्यमिक विद्यालय शुक्रबार राती चोरी भएको छ । 
राती करीब १ बजेको समयमा ३५ हजार बराबरको एल.जि कम्पनिको ३२ ईन्चको एल.ई.डि टी.भि र ८ हजार बराबरको युनिक कम्पनिको १४ ईन्चको एल.ई.डि मनिटर गरी करिब ४३ हजार बराबरको सामान चोरी भएको हो । 
चोर समुहले विद्यालयको कम्प्यूटर कक्षको पछाडी भागको झ्यालको ग्रील फोडेर खोलेर गरेको हो । चोरले विद्यालयमा संचालित क्यन्टीनका सामाग्री छरिदिएका छन् ।
चोरी भएको सामान मध्ये एल.जि टि.भि शुक्रबार मात्रै विद्यालयमा सञ्चालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक हिमेश घिमिरेले जानकारी दिए । यता ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक दिपक कुमार रायले घटनाको विषयमा अनुसन्धान भईरहेको बताए । 

Post a Comment

 
Top