0

निजगढसमाचार, निजगढ, २ चैत्र ।

जितपुर–सिमरा उप–महानगरपालिकाको बडहर्वामा भोलिदेखि शुरु हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको समपुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । 
         आयोजक श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समारोह समितिले आज पत्रकार सम्मेलनको आयोजना गरि तयारी समबन्धमा जानकारी गराएको हो । श्री सेतिदेवि मन्दिर, शिवालय, विवाह मण्डप, धर्मशाला, आर्यघाट तथा सभाहलसमेतको सामाजिक संरचनाहरु निमार्ण गर्ने उद्देश्यले भालिदेखि सप्ताह आयोजना लागिएको आयोजक मुल समारोह समितिका संयोजक अर्जुनप्रसाद दाहालले जानकारि दिए । सप्ताहलाई व्यवस्थित बनाउन तीन सय ५१ सदस्यि मुल आयोजक समिति गठन गरिएको छ । 
         पत्रकार सम्मेलनमा मुल आयोजक समितिका सह–संयोजक बसन्त खतिवडाले सबैका साथ र सहयोगले मात्र सप्ताह पुर्णरुपमा सफल हुने बताउनुभएको छ  । उहाले सबैलाई समेटेर सप्ताह आयोजना गर्न लागिएको जानकारी दिनुभयो । सफलताको अन्तिम बिन्दुमा आफुहरु पुगेको भन्दै ७ दिने सप्तालाई भब्य रुपमा सफल बनाउन आफुहरु लागि परेको बताए ।
         बडहर्वामा भोलिदेखि शुरm हुने ७ दिने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा पंण्डित दिनबन्धु पोखरेलले कथा बाचन गर्नुहुनेछ । आयोजकले ७ दिनको अवधिमा करिव १ करोड रकम संकल्न हुने अपेक्षा गरेको छ भने श्रीमद्भागवतको अनुमानित खर्च १३ लाख ५० हजार देखाईएको छ । पत्रकार सम्मेलनमा संयोजकसहितका पदाधिकारीहरुको उपस्थिति रहेको संचार संयोजक प्रदिप गौतमले जानकारी दिए ।


Post a Comment

 
Top