0

निजगढसमाचार, निजगढ, डुमरवाना, ३ चैत्र ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका सञ्चालक डा. कृष्ण पौडेलले मुलुकको रुपान्तरण र समृद्धिका लागि सहकारीहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
    डुमरवानमा विहीबार डिभिजन सहकारी कार्यालय र डुमरवाना सहकारी सञ्जालको संयुक्त सहभागितामा सञ्चालित सहकारी व्यवस्थापन जिल्लास्तरीय तालीमको उद्घाटन गर्दै डा. पौडेलले सहकारीले समाजलाई एकतावद्ध, गतिशिल बनाउनुका साथै आर्थिक लोकतन्त्रलाई संस्थागत गर्नका लागि ध्यान दिनुपर्ने बताए ।
    डा. पौडेलले सहकारीले आर्थिक विकासलाई दीगो बनाउने र सीमान्तीकृत समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन सहयोग पु¥याउने भएकोले नीति निर्माण र कार्यान्वयनमा सहकारीकर्मीहरुको महत्वपूर्ण उपस्थिति स्थापित गर्न सहकारीकर्मीहरु जिम्मेवार हुनुपर्ने बताए । सहकारीले सम्वैधानिक रुपमा अवको विकासको सशक्त आयामको रुपमा अघि बढाएको छ । त्यसलाई आत्मसात गर्न र समाज रुपान्तरणको मूलप्रवाहमा सरीक रहन अभियानले ध्यान दिनुपर्ने पौडेलले बताए ।
    सहकारी समन्वय सञ्जालका अध्यक्ष शिव अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेल, साना किसान कृषि सहकारी संस्था डुमरवानाका सञ्चालक किशोर शर्माल गायतले मन्तब्य राखेका थिए । कार्यक्रममा सहजीकरण समाजसुधार कृषि सहकारीका सचिव रविन्द्र भण्डारी र स्वागत सञ्जालका सचिव नारायणदत्त अधिकारीले गरेका थिए । 
   छ दिनसम्म सञ्चालन हुने तालिममा ११ सहकारीका ३७ जना सहभागी छन । तालिममा नेफ्स्कूनका सञ्चालक डा. कृष्ण पौडेल, डिभिजन प्रमुख कुलोत्तम पोखरेललगायतले प्रशिक्षण दिने बताईएको छ ।  

Post a Comment

 
Top