0

निजगढसमाचार, निजगढ, ३ चैत्र ।

जितपुर–सिमरा उप–महानगरपालिकाको बडहर्वामा आजदेखि श्रीभद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ  । 
       सप्ताहको आज एक कार्यक्रमकाबिच बरिष्ठ उद्योगि कृष्ण श्रेष्ठ किशानले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे श्रेष्ठले बिकास निमार्णको काममा अरुको भर पर्नु भन्दा पनि स्वयं आफै जागरुक हुनुपर्ने बताए । उनले महायज्ञलाई सफल पार्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै गतिबिधिलाई अघि बढाउदै लैजाने हो भने अबको १० बर्षमा मनहर्वा बिकास दु्रतगतिमा अघि बढ्ने बताए ।
एक फरक प्रशंगमा उहाले राष्ट्रिय गौरवका दुई ठुला आयोजनाको काम यथाशिघ्र थालिनु पर्र्ने भन्दै थप जनदबाब दिनको लागि सबै एकजुट हुनुपर्ने बताए । 
         कार्यक्रममा बोल्दै बरिष्ठ पर्यटन व्यवसायि ईच्छा बहादुर वाग्लेले समाज परिवर्तन गर्न महायज्ञले महत्वपुर्ण भुमिका खेल्ने बताए । बिकास निमार्णको काममा कसैलेपनि अन्तर द्धवन्द्धको भावना राख्न नहुनेभन्दै उनले सबैले बन्धुत्वको भावना राखेमा मात्र बिकास सम्भव रहेको बताए  । 
         कार्यक्रममा बरिष्ठ साहित्यकार डा. बिश्मबर शर्माले संस्कार र सस्कृतिलाई समाजसंग जोड्न महायज्ञले महात्वपुर्ण भुमिका खेल्न बताए । उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक भेषबहादुर शाह, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारि संघ लिमिटेड नेफस्कुनका सञ्चालक डा. कृष्ण पौडेल, डुमरवाना क्यामपसका क्यामपस प्रमुख राधेश्याम शिवाकोटी, बारा एकेडेमि पिलुवाका संस्थापक हरिदेव खरेल, नेपाल पत्रकार महासंघ बाराका कार्य समिति सदस्य पुष्पराज खतिवडा, समाजसेवि भरत खड्का लगायतको उपस्थिति रहेको थियो । 
आयोजक मुल समारोह समितिकाका संयोजक अर्जुनप्रसाद दहालको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन स्थानिय शिक्षक राजु कार्किले गरेका थिए । कार्यक्रममा समितिका सह संयोजक बसन्त खतिवडाले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । 
         उद्घाटन कार्यक्रमअघि बडहर्वा चोकबाट कलश यात्रा निकालिएको थियो । बडहर्वा चोकबाट शुरm भएको यात्रा लामिडाडा, जैतापुरबाट सखुईहुदै यज्ञ स्थलमा आईपुगेको थियो । श्री सेतिदेवि मन्दिर, शिवालय, विवाह मण्डप, धर्मशाला, आर्यघाट तथा सभाहलसमेतको सामाजिक संरचना निमार्ण गर्ने उदेश्यले आजदेखि बडहर्वामा सप्ताह शुरm भएको समितिका संचार  संयोजक प्रदिप गौतमले जानकारी दिए ।
         सप्ताहलाई व्यवस्थित बनाउन ३५१ सदस्यि मुल आयोजक समिति गठन गरिएको छ । ७ दिनसम्म चल्ने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा पंण्डित दिनबन्धु पोखरेलले कथा बाचन गर्नेछन् । आयोजकले ७ दिनको अवधिमा करिव १ करोड रकम संकल्न हुने अपेक्षा गरेको छ । 

Post a Comment

 
Top