0
निजगढसमाचार, डुमरवाना, ५ चैत्र 
नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् बारा ५ का सांसद बलवीर चौधरीले राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि एमालेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । आज जीतपुर सिमरा उपमहानगरपालिका वडा नं। १५ डुमरवानाको प्रथम वडा अधिवेशन उदघाटन गर्दै उक्त कुरा बताएका हुन् । 
एमालेले गांउगांऊमा विकास निर्माणको अभियान चलाएको, सामाजिक सुरक्षाका कार्यक्रमहरु लागु गरेर जनताको मन जितेको चौधरीले बताए । चौधरीले एमालेले आफनो सरकारको पालामा राष्ट्रिय स्वाधीनताका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको बताउदै मधेशको विकासका लागि विशेष कार्यक्रम ल्याएको र त्यसलाई वर्तमान सरकारले कार्यान्वयन गर्न आनकाकानी गरिरहेको जनाए ।
वडा कमिटी अध्यक्ष राजकुमार अर्यालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा एमाले केन्द्रीय वैकल्पिक सदस्य दिनेश राई, केन्द्रीय सल्लाहकार अच्युत मैनाली, जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा, प्रदेश कमिटी सदस्य भरत खडका, जिल्ला सचिवालय सदस्यहरु डा। कृष्ण पौडेल र मनोज पौडेल, जिल्ला निर्वाचन कमिटीका अध्यक्ष राधेश्याम शिवाकोटी, जिल्ला कमिटी सदस्यहरु कृष्ण खनाल, लक्ष्मी नेपाली, विश्वनाथ लामिछाने, बिना खडका, नेपाल पत्रकार महासंघका सदस्य विदुर खडका क्षेत्रीय कमिटी सदस्य झपेन्द्र बराल, ४ नं. क्षेत्रीय कमिटी सचिव सुनिल पाल र ५ नं। क्षेत्रीय कमिटी पूर्व सचिव जीतबहादुर चौधरी, नगर कमिटीका सदस्यहरु नारायणदत्त अधिकारी र बरुण गौतम, वडा नं। १३ का अध्यक्ष जादोलाल सहनी, १४ का यमनाथ ढकाल र १६ का हरिदेव खरेललगायतले बोल्नुभएको थियो । अधिवेशनको सहजीकरण रविन्द्रराज भण्डारी र स्वागत सीम ठकुरीले गरेका थिए ।
आजै सम्पन्न वन्द सत्रले राजकुमार अर्यालको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्ष केदार सापकोटा, सचिव एकबहादुर भारती र उपसचिव सीमा ठकुरी, सदस्यहरु रामचन्द्र पौडेल, कृष्ण लामिछाने, हेमनारायण चौधरी, बासुदेव भारती, गोविन्द ढकाल र विनोद काफलेलगायत रहेका छन । 
त्यस्तै आजै जीतपुर सिमरा उपमहानगर वडा नं। १० को वडा अधिवेशन आजै सम्पन्न भएको छ । अधिवेशनमा एमालेका वैकल्पिक केन्द्रीय सदस्य दिनेश राई, जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा, उपाध्यक्ष देवनारायण चौधरी, जिल्ला सचिवालय सदस्यहरु डा। कृष्ण पौडेल, मनोज पौडेल, इश्वर ढकाल र मा। नेजमा खातुन, जिल्ला कमिटी सदस्यहरु भुदेव चौधरी, तारा कार्की, अमृतलाल श्रेष्ठ, जिल्ला निर्वाचन कमिटी सदस्य सञ्जय पटेल, मजदुर ईलाका सदस्य प्रेम सिंह, युवा नेता मोमिन आलम, नगर कमिटी सदस्य योगेन्द्र महतोलगायतले बोल्नुभएको थियो । वडा कमिटी अध्यक्ष जगु महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।  
आजै लोकतान्त्रिक राष्ट्रिय अपाड्ड महासंघको जिल्ला भेला सम्पन्न भएको छ । भेलामा एमालेका केन्द्रीय सदस्य दिनेश राई, अपाड्ड महासंघका केन्द्रीय सदस्य भोला अधिकारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । भेलाले गोविन्द दंगालको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

Post a Comment

 
Top