0


निजगढसमाचार, निजगढ, ५ चैत्र ।
नेकपा माओवादी केन्द्र निजगढ ७ नं. वडा कमिटि गठन भएको छ । आज त्यहाँको भएको नेता–कार्यकर्ताको भेलाले सुस्मिता सापकोटाको अध्यक्षतामा २१ सदस्यि वडा कमिटि गठन भएको हो ।
नव गठित कमिटिको उपाध्यक्षमा उदय ठाकुर, सचिवमा सरन सापकोटा, कोषाध्यक्षमा सिता माझि र सहसचिवमा सपना बोहरा सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै कमिटिको सदस्यहरुमा मिना नगरकोटी, होमबहादुर लामा, राजकुमार राना, भरत कुवँर, ज्ञान बहादुर माझि, यतिराज सापकोटा, उद्धब गौतम, दिपक माझि छन् । त्यस्तै कृष्ण गौतम, सिकेन्द्र ठाकुर, गोविन्द प्रसाद सापकोटा, अनुप थापा मगर, लिलाराम खरेल, लक्किचन ठाकुर, मोहन मैनाली र भिम प्रसाद सापकोटा रहेका छन् ।
भेलाले मिना नगरकोटीको अध्यक्षतामा अखिल नेपाल महिला संघ क्रान्तिकारी वडा कमिटि गठन गरेको छ । नव गठित कमिटिको उपाध्यक्षमा हिरा लामा, सचिवमा जानुका घिमिरे, कोषाध्यक्षमा सिता श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा सरस्वती लामा, गिता माझि, रिता माझि, अञ्जली माझि, विष्णुमाया माझि, रमिला माझि, निर्जना थापा र मनिषा माझि रहेका छन् ।
त्यसैगरि भेलाले कृष्ण गौतम अबिरलको संयोजकत्वमा वाईसिएल वडा कमिटि समेत गठन गरेको छ । कमिटिको सदस्यहरुमा ज्ञानबहादुर माझि, दिपक माझि, मोहन मैनाली, अनुप थापा मगर, सिकेन्द्र ठाकुर र राजु घलान रहेका छन् ।
यस अघि भेलाको नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य जयराम दाहालले उद्घाटन गरेका थिए । भेलालाई पूर्व सभासद् समेत रहेका दाहाले सम्बोधन गर्दै नयाँ राज्यपुर्नसंरचनासंगै बनेका नयाँ स्थानीय तहबाट जनताले सिंहदरबारको अधिकार प्राप्त गर्नु नै माओवादी आन्दोलनको उपलब्धि भएको बताएका छन् । भेलालाई पार्टीका केन्द्रिय सल्लाहकार शिद्धिलाल लामा, केन्द्रिय सदस्य राजन पौडेल, बरिष्ठ चलचित्र कर्मी युवराज लामा, नगर संयोजक बेनीबहादुर मोक्तान लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा बाबुरा खरेलको अध्यक्षता, स्वागत सपना बोहरा र संचालन महेश्वर अधिकारीको रहेको थियो ।

Post a Comment

 
Top