0


निजगढसमाचार, निजगढ, २ चैत्र ।
माध्यमिक शिक्षा परिक्षा एसईईमा बाराबाट पाँच जना दृष्टिविहीन परीक्षार्थी सहभागि हुने भएका छन् । बाराको डुमरवानाबाट ३ जना र फत्तेपुर परीक्षा केन्द्रबाट २ जना गरी ५ जना दृष्टिबिहिन परीक्षार्थी  सहभागि हुने जिल्ला शिक्षा कार्यालय बाराका परिक्षा फाँटका प्रमुख अशोक रौनियारले जानकारी दिए ।
यस वर्ष बाराबाट ९ हजार ८ सय  ३० जना परीक्षार्थी परीक्षामा सहभागि हुँदैछन् । ७ हजार ९ सय ११ जना नियमित र बाकी प्राविधिक, थर्फ एक्जामटेड रहेका छन् । 
यसैविच लेटर गेटिङ प्रणालीमा संचालन हुने परीक्षामाका सम्पुर्ण तयारी भईसकेको जिल्ला शिक्षा कार्यालय बाराले जनाएको छ ।  सबै परीक्षा केन्द्रमा सबै प्रशनपत्रहरु र कोपीहरु पुगी सकेको परीक्षा सम्बन्यव समितीका संयोजक प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले जानकारी दिए ।
जिल्लामा २९ वटा परीषा केन्द्रमा २९ जना केन्द्राध्यक्ष, ४६ जना सहायक केन्द्राध्याक्ष, निरिक्षक दुई सय १० र सहयोगी एक सय १२ जना नियुक्त गरिएको संयोजक मनान्धरले जनाए । परीक्षा बिहीबारबाट सुरु भई चैत १४ गतेसम्म चल्लेछ ।
सरकारले गत वर्षबाट नयाँ शिक्षा ऐन कार्यान्वयनमा ल्याएपछि माध्यमिक शिक्षाको संरचनामा परिवर्तन भई १ देखि १२ कक्षासम्मलाई माध्यमिक शिक्षाको रुपमा परिणत गरिएको थियो ।
निजगढमा ७ सय ३३ परीक्षार्थी सहभागि हुने
जिल्ला शिक्षा कार्यालय बाराले भोली देखि संचालन गर्ने माध्यमिक शिक्षा परिक्षा एसईईमा निजगढका ७ सय ३३ परीक्षार्थी सहभागि हुने भएका छन् ।  परीक्षाका लागि निजजढमा दुई वटा परीक्षा केन्द्र तोकिएको छ । 
निजगढ ८ बजारस्थित श्री गौरी शंकर मावि र निजगढ ६ सडक टोल स्थित श्री गौरी शंकर माविमा परिक्षा केन्द्र तोकिएको हो । 
श्री गौरी शंकर मावि निजगढ ८ मा सार्बजनिक मावि निजगढ ५ बागदेव, होलि एन्जल्स मावि निजगढ ९, श्री नेरा उमावि निजगढ ११ रतनपुरी, श्री नेरामावि निजगढ १० लाल र श्री गौरी शंकर मावि निजगढ ६ गरी कुल ५ वटा विद्यालयका नियमित तर्फका तीन सय २७, एक्जाम्टेड तर्फ ५ जना र ग्रेडबृद्धि तर्फ २५ जना गरी कुल तीन ५९ जना  परीक्षाथी  सहभागि हुने केन्द्रध्याक्ष सुदर्शन प्रसाद कोईरालाले जानकारी दिए ।
त्यसैगरी श्री गौरी शंकर मावि निजगढ ६ मा श्री गौरी शंकर  मावि निजगढ ८, विद्यासागर मावि निजगढ ७, श्री नेरा मावि निजगढ १ सिंगौल र श्री नेत्रोदय मावि निजगढ ७ योजना गरी कुल ४ वटा विद्यालयका नियमित तर्फ दुई सय ४१, एक्जामटेडतर्फ १४, ग्रेड बृद्धितर्फ १४ गरी कुल दुई सय ७६ जना परीक्षार्थी सहभागि हुने केन्द्रध्याक्ष यादब प्रसाद तिमल्सिना जानकारी दिए । 

Post a Comment

 
Top