0


निजगढसमाचार, निजगढ, ५ चैत्र ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको अम्लेखगञ्जस्थित पर्सा बन्य जन्तु आरक्षमा ब्यापक रुख कटान भएको खबर सार्वजनिक भएको छ । 
आरक्षको मध्यबर्ति क्षेत्र बफरजोन भित्र बहुमूल्य साल, सत्तिशाल लगायतका रुख ढालिएको छ । आरक्षको हात्तिशार भन्दा दुई सय मिटर भित्र साना ठुला गरि एक सय ८० वटा रुख ढालिएको हो ।
ठुलो संख्यामा रुख कटान भएपछि स्थानीय आश्र्चयमा परेको अम्लेखगञ्जका कृष्णसिंह ठकुरीले जानकारी दिए । आरक्षका वार्डेन हरिभद्र आर्चायलाई जानकारी गराउँदा आफु बाहिर भएको आरक्ष प्रयोजनको लागि रुख काटिएको बताएका छन् । रुख कटान गरिरहेका मजदुरहरुले भने आरक्षको आग्रहमा रुख ढालिएको बताएका छन् ।

Post a Comment

 
Top