0


निजगढसमाचार, निजगढ, ६ चैत्र ।
बाराको निजगढ–९ देउरालीपथ स्थित समुदायमा आधारित प्रसुती गृह अस्पताल संचालक समितिका अध्यक्ष एक बहादुर श्रेष्ठले अन्तरपार्टि महिला संजाल
निजगढ नगर कमिटिकीको ज्ञापन पत्र बुझुन नमानेको सञ्जालले गुनासो गरेको छ । सञ्जालकी सदस्य शान्ति लामालाई अस्पतालका डाक्टर ढाकाराम लामिछानेले गरेको दुब्यवहारको घटना बारे ज्ञापन पत्र बुझाउँन पुगेका सञ्जाल आवद्ध महिलाहरुसंग अध्यक्ष श्रेष्ठले भेटन् नमानेका हुन् ।
अस्पतालको दुब्यवहार प्रति ध्यानाकर्षण भएको जनाउँदै संजाल ज्ञापन पत्र बोकेर अस्पताल पुगेको थियो । टेलिफोनमा खबर गरेर गएका महिलाहरुसंग पटक–पटक आग्रह गर्दा समेत अध्यक्ष श्रेष्ठ बाहान बनाएर अस्पताल नआएको सञ्जालकी अध्यक्ष डोल्मा लामाले जानकारी दिईन् ।
अस्पताल व्यवस्थापन समिति र पिडित पक्ष बिच अस्पतालमा भएको छलफलमा डाक्टरलाई निष्काशन गर्ने सहमति भए पनि हाल सम्म नहटाईएको प्रति संजालको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै ज्ञापन पत्र बुझाउन गएको हो ।
यसैगरी संजालले पिडित पक्ष र अस्पताल व्यवस्थापन समिति बिच भएको सहमति २४ घण्टा भित्र व्यवस्थापन समितिले कार्यान्वयन नगरे अस्पताल संचालक समिति विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । 
संजाल निजगढकी अध्यक्ष डोल्मा लामाको नेतृत्वमा ज्ञापन पत्र बुझाउन पुगेका महिलाहरुसंग अस्पताल संचालक समितिका अध्यक्ष श्रेष्ठले भेट्न नमानेपछि अस्पताल प्रशासन शाखाका उक्तम उप्रेतिलाई ज्ञापन पत्र बुझाईएको संजालकी सचिव कल्पना खरेलले जानकारी दिईन् । टोलीमा सदस्यहरु अम्बिका सिग्देल, नज्मा खातुन, रुकमणी आचार्य, सोभियादेबी दनुवार, निजगढ नगर महिला समन्वय समितिकी उपाध्यक्ष प्रमिला नेपाल लगायत थिए ।
गत विहिबार अस्पतालमा उपचार गर्न जाँदा सामान्य चेकजाँच पनि नगरि रिफर भन्दै विरामी छाडेर हिँडेको भन्दै आक्रोशित विरामीको आफन्त र अस्पताल संचालक समिति विच आज अस्पतालमा भएको बार्तामा डा. लामिछानेले गैरजिम्बेवारी अभिब्यक्ति दिएपछि विवाद समेत भएको थियो । अस्पताल संचालक समितिका अध्यक्ष एक बहादुर श्रेष्ठको उपस्थितिमा भएको बैठकमा डा. लामिछानेले गैरजिम्बेवारी अभिब्यक्ति दिएपछि अस्पतालले दुई दिन भित्र डा. लामिछानेलाई निस्काशित गर्ने मौखिक सहमति पछि वार्ता टुङ्गिएको थियो ।

Post a Comment

 
Top