0

निजगढसमाचार, डुमरवाना, ९ चैत्र ।

बारा जिल्लाका सहकारीकर्मीहरुले आगामी चैत्र २० गते ६० औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाउने घोषणा गरेका छन । आज डुमरवानामा आयोजित सहकारीकर्मीहरुको भेलाले उक्त निर्णय गरेको हो । प्रत्येक वर्ष देशव्यापी रुपमा मनाइने राष्ट्रिय सहकारी दिवसको यस वर्षको नारा “दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” रहेको छ । 
सहकारी दिवसको अवसरमा बाराली सहकारीकर्मीहरुले चैत्र २० गते कलैयामा वृहत ¥याली र सभा आयोजना गर्ने भएकोले सबै सहकारी संघसंस्थाहरुलाई आफनो पहिचान र अधिकतम सहभागिता जनाउनका लागि भेलाले अपिल गरेको छ । साथै राष्ट्रिय सहकारी दिवस अवसर पारेर विभिन्न रचनात्मक क्रियाकलापहरु आयोजना गर्न सहकारी संघसंस्थाहरुलाई अपिल गरेको छ । 
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक डा. कृष्ण पौडेल, डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल, साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष शिव अधिकारी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्तेन्द्र ठाकुर, निवर्तमान अध्यक्ष भोला गौतम, सहसचिव राजु अधिकारी, जिल्ला दुग्ध उत्पादक सहकारी संघका निवर्तमान अध्यक्ष नारायण बर्तौला, राष्ट्रिय सहकारी बैंक सिमरा प्रमुख गोविन्द ओझालगायतको उपस्थिति रहेको थियो ।  

Post a Comment

 
Top