0


निजगढसमाचार, निजगढ । 
‘हरिबहादुर किताब यात्रा’ शनिबार बाराको निजगढ आईपुगेको छ । 
बरिष्ठ हास्यकलाकार हरिबंश आर्चायले लेखेको ‘हरिबहादुर’ अख्यानको प्रचारप्रसार गर्ने उद्देश्यले पुस्तक यात्रा पोखराबाट सुरु भएको हो ।
यात्रको नेतृत्व गर्दै बस चढेर आएका आर्चाय निजगढ–८ शहीद चोकस्थित गौरि शंकर पुस्तक पसलमा साहित्य अनुरागी, पाठक, तथा ब्यवसायिसंग सक्षिप्त भेटघाट गरेका थिए । उनले आफ्नो पुस्तक खरिद गरेका पाठकलाई अटोग्राफ समेत दिएका थिए ।
उनलाई पसल संचालक निर्मल भण्डारी, उद्योग वाणिज्य संघ निजगढका अध्यक्ष टेक बहादुर लामा लगायतले खादा र टोपी लगाएर स्वागत गरेका थिए ।
उनलाई फ्यानहरुले घेरे फोटो खिचेका थिए ।
त्यस पछि उनी रेडियो मध्यतराईको कार्यालयमा पुगेका  थिए । उनलाई त्यहाँ रडियोका प्रवन्ध निर्देशक उमेश सुनार र पत्रकार महासंघ बाराका सहसचिव महेश्वर अधिकारीले खादा लगाएर स्वागत गरेका थिए । 

Post a Comment

 
Top