0
महेश्वर अधिकारी, निजगढ, ९ भाद्र
जिल्ला प्रशासन कार्यालय बाराले निजगढमा पनि निषेधित क्षेत्र घोषणा गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको निजगढ नगरपालिकास्थित धन्सार खोला देखि गढीमाई नगरपालिकाको पथलैयासम्म निषेधित क्षेत्र घोषणा गरेको हो । राजमार्गको दाया र बाया दुई सय मिटर क्षेत्रमा निषेधआज्ञा जारी गरिएको हो ।
प्रशासन कार्यायलबाट निषेधित क्षेत्र घोषणा गरेको बारेमा आफुहरुलाई जानकारी भएको र त्यसबारे प्रचार प्रसार गर्ने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
शसस्त्र र जनपथसंगै भएर माईकिङ गर्ने तयारी भईरहेको बुझिएको छ ।
आज राती ८ बजेदेखि विहान ६ बजेसम्म कायम रहेने प्रशासनले जनाएको छ ।

Post a Comment

 
Top