0
महेश्वर अधिकारी, निजगढ, ४ साउन
बाराको निजगढ बजारमा थारु समुदायले शक्ति प्रदर्शन गरेका छन् । बाराको कोल्बी नगरपालिका क्षेत्रबाट सयौंको संख्यामा आएका थारु समुदायले निजगढ बजारमा प्रदर्शन गरेका हुन् ।
थारु कल्याणकारी सभा बारा जिल्ला समितिको नेतृत्वमा आएका थारु समुदायका युवा आन्दोलनकारीले पसल बन्द गराउ भन्दै नाराबाजी गरेका गरेका थिए । नाराबाजी निजगढ बजार ठप्प भएको थियो । स्थानीय ब्यवसायिले पसल ब्यवसायको सटर आफै लगाएका थिए ।
नारा जुलुस गर्दै राजमार्गमा नाराबाजी गरेका उनीहरुले शहीद चोकमा गृह मन्त्री बामदेव गौतमको पुतला दहन गरेका छन् । थारुहट प्रदेशको माग गर्दै उनीहरुले पश्चिम नेपालमा थारु समुदायमाथि प्रहरीले दमन गरेको भन्दै गृह मन्त्री गौतमको पुलता दहन गरेका हुन् ।
ठुलो संख्यामा रहेको शसस्त्र र नेपाल प्रहरीले आन्दोलनकारीलाई घेरा हालेका थिए । बन्दकर्तालाई पसल ब्यवसायमा सटर लाउन दिएका थिएनन् ।
बकैया खोलादेखि नारा जुलुस सहित बजार प्रवेश गरेका उनीहरु ईलाका प्रहरी कार्यालय अगाडी पुगेर पुनः शहीद चोकमा कोण सभामा परिणत भएको थियो । शभालाई थारु अगुवाहरुले सम्बोधन गर्दै थारु समुदायको सम्मानजक रुपमा प्रदेश निर्माण गर्नुपर्ने माग राखेका थिए ।





Post a Comment

 
Top