0
ईलाका हुलाक कार्यालय निजगढको बेथिती 

महेश्वर अधिकारी, निजगढ, १ भाद्र

बाराको निजगढ ईलाका हुलाक कार्यालयमा निकै तामझामले संचालनमा ल्यार्ईएको टेलिसेन्टर यति बेला टेबल मुनी थन्कीएको छ । निजगढ समाचारको न्यूज अप्रेशन तयार पार्न त्यहाँ पुग्दा टेलिसेन्टरका केही पनि उपकरण टेबुलमा थिएनन् ।
   सेन्टर मार्फत फ्याक्स, फोटोकपी, कम्प्युटर तालिम सेवा दिने उद्देश्यले संचालनमा ल्याईएको भए पनि अहिले संचालन हुन सकेको छैन् । अधिकांश उपकरण विग्रीएको अवस्था थन्काईएको भेटियो । कम्प्युटर टेवल मुनी थन्काईएको छ भने ईन्टरनेट सेवा जोडिएकै छैन् । टेलिफोन लाईन पनि काटिएको वर्षो भईसक्यो । टेलिफोन नहुदाँ इन्टरनेट र फ्याक्स संचालन नै गरिएको छैन् ।
   टेलिफोनजस्ता आधुनिक प्रविधिले हुलाकमार्फत चिठीपत्र पठाउने पुरानो चलनमा कमी आएपछि सरकारले ६ वर्ष गाउँगाउँमा टेलिसेन्टर स्थापना गरेको थियो । त्यसैक्रममा तीन वर्ष निजगढमा पनि टेलिसेन्टर सुरु भएको थियो ।
   टेलिसेन्टर सञ्चालन गर्न एक कर्मचारी खटिएकी छिन् । तर, सेन्टरले कर्मचारीलाई दिइने मासिक आम्दानी पनि गर्न सकेका छैनन् । टेलिसेन्टरमा गत चैत्रदेखि कार्यरत कम्प्युटर प्राविधिक विभुती अधिकारी आए यता कुल आम्दानी ९ हजार ४ सय मात्र भएको छ । टेलिसेन्टरमा कम्प्युटर प्रशिक्षण र केही प्रिन्ट बाहेकका अरु काम सुरु नै हुन सकेको छैन् । दुई चरण गरि एक वर्षमा ९ जनालाई आधारभुत कम्प्युटर प्रशिक्षण दिई प्रमाणपत्र वितरण र प्रश्नपत्र तयार गरेर यति आम्दानी भएको टेलिसेन्टरकी कम्प्युटर प्राविधिक अधिकारीले बताईन् । सामानहरु विग्रिएको र बनाउन प्राविधिक आएर सामान लगेको उनले जानकारी दिईन् । ‘सेवा निकै कम चलेका छन, अधिकारीले भनिन् ।
  विद्युतको बैकल्पिक ब्यवस्था नहुदाँ विद्युत भएको बेलामा मात्र प्रशिक्षण दिदै आएको र कोर्षमा भए अनुसार ईन्टिरनेट बारे पढाउन कार्यलयमा ईन्टरनेट नभएकोले घरमा लगेर प्रशिक्षण दिएको उनको भनाई छ ।
   सर्वसाधारणलाई लक्षित गरे पनि प्रभावकारिता कम रहेको जिल्ला हुलाक कार्यालय बाराका प्रमुख अदालत प्रसाद कुर्मी बताउँछन् । सेवा ग्राही नै काम आएको कारण सेवा प्रभावकारी हुन नसकेको उनको भनाई छ ।
कर्मचारीको बेथीति

निजगढ–९ मा रहेको कार्यालय भवन राजमार्ग भन्दा अलिकति मात्र भित्र छ । तर त्यो भवनमा लेखिएको नाम बाहेर अरु हिसाबले कार्यलय भन्न सुहाउँदो छैन् । जताततै झारले घेरेको कार्यालयको एउटा कोठा मात्र संचालनमा थियो । कार्यालयमा पोशाक नलाईकन सेन्डो लगाएर कुसीमा बसेका थिए कार्यालय सहायक शासदा शंकर यादब । उनी बाहेक अरु कोही पनि कर्मचारी कार्यालयमा थिएनन् । उनले फोन गरेर बोलाएपछि कम्प्युटर प्राविधिक विभुती आईपुगिन् ।
प्रमुख विहीन
कार्यालय एक वर्ष यता प्रमुख विहीन छ । प्रमुख नहुदाँ कार्यालयमा बेथिती मौलाएको छ । कार्यालयको कर्मचारी नियमित आउँदैनन् । अधिकांश समय घर बस्ने र एकै पटक हाजिर गर्ने गरेको सेवाग्रहीको गुनासो छ । एक वर्ष अघि कार्यलय प्रमुख गिता काफ्लेको बढुवा भई जिल्ला विकास समिति बारा सरुवा भएपछि कार्यालयले नयाँ प्रमुख पाएको छैन् । कार्यालयमा हल्काराको एउटा पद पनि रित्त छ ।
    हुलाक टिकटका लागि पटक–पटक धाँउदा समेत नपाएको गुनासो गर्छन् बजगाई फोटोकपी सेन्टरका संचालक धनप्रसाद बजागाई । उनी त एक पत्र मात्र हुन् । उनीजस्तै गुनासो थुप्रै सेवाग्राहीको छ । कार्यालय नै नखुल्ने, कर्मचारी नभेटिने तर बालबालिका खेलिरहेका दृष्य यहाँको दैनिकी बनेको छ ।
    हुलाक कार्यालय बाराका प्रमुख कुर्मीले लोकसेवाबाट पठाएपछि मात्र निजगढले कार्यालय प्रमुख पाउनेछ । कर्मचारीको अभावको कारण लामो समयदेखि प्रमुख रित्त रहेको उनले बताए ।

भिडियो

Post a Comment

 
Top