0
वन कार्यालय बाराले कारवार्ही प्रकृया अगाडी बढायो

महेश्वर अधिकारी, निजगढ, 

बाराको निजगढ नगरपालिकास्थित लालबकैया खोलामा तटबन्धन बनाउन वन विनास गरिएको छ । पुर्वपश्चिम राजमार्गमा पर्ने लालबकैया नदीको पश्चिमी किनारमा पुलभन्दा दक्षिणतर्फ करिब एक किलोमिटर पर नयाँ खनिएको माटो पुरेर बनाइएको ड्यामको संरचनाका लागि वन विनास भएको हो  

पुलको दक्षिण तर्फ बकैया जंगल छेउमा लालबकैया नदीको पश्चिम किनारामा बन्दै गरेको ६ सय मिटरको तटबन्धका लागि सोही वनको रुखको जरा नै देखिने गरि माटो निकालिएको छ ।

वन क्षेत्र जोगाउन बनाउँदै गरिएको तटबन्धनमा माटो भर्न सोही वनबाट माटो निकालिदा रुखहरु ढल्ने अवस्थामा पुगेको छ । निजगढ समाचारको नागरिक सो तयार पार्न त्यहाँ पुग्दा रुखहरुको विभत्स दृष्य देखिएको छ ।  

    वन विनास गरेर बनाउँदै गरिएको बालुवाको ड्याम बनाउने बहानामा ४६ लाख ६७ हजार रुपैया बजेट खर्च हुदैछ । ड्यामको पूर्वतर्फ रहेको प्राकृतिक ड्यामबाट समेत स्काभेटर प्रयोग गरेर माटो निकालिएका छन् । ड्यामको दुबै तर्फ १० फिट गहिरो सम्मको खाल्डो छेउमैं खनिएको छ । नयाँ बनेको तटबन्ध मात्र होइन त्यस वर रहेको पुरानो तटबन्धछेउमा खाडलै खाडल बनाइएको हो ।

     नदीमा नयाँ तटबन्ध बनाउन प्राकृतिक रुपमा रहेको नदीको धारतर्फको किनार खनिएर ति खाल्डाहरु बनेका हुन । अर्को तर्फको जंगलका रुखहरुको जरोभित्रबाट माटो झिक्ने गरी बनाइएको खाल्डो लहरैले छन् । ६ सय मिटरको तटबन्धको लागि नदीतर्फ करिब हजार मिटरको एरियामा र जंगलतर्फ ८ सय मिटरको एरियामा नहर र कुँवाजस्ता अनेक खाल्डा छन् । ‘दुबैतर्फको खाल्डोले नयाँ बनेको तटबन्ध आफै पनि नटिक्ने देखिएको छ भने त्यसबाट दुबै तर्फ बिनाश पनि भएको छ । 

     तटबन्धन निर्माण उपभोक्ता समितिका अध्यक्ष भाईकाजी श्रेष्ठले आफुहरुले ‘स्टमेट’ अनुसार नै काम गरेको बताएका छन् । ड्याम बनाउनदा केही रुख लड्ने अवस्थामा पुगेको स्विकार गर्दै अध्यक्ष श्रेष्ठले एग्रिमेन्ट अनुसार गर्दा केही क्षति हुन पुगेको निजगढ समाचारलाई बताए । 

     जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय पारवानीपुरले नदीलाई छेउछाउतर्फ फैलिन नदिन र बहाव नियन्त्रण गर्न तटबन्धको निर्माणबाट चुरेको भाँवर क्षेत्रको संरक्षण गर्ने योजना हो । तर ड्याम संरक्षणको नाममा थप वन विनास गर्ने र ‘कागज मिलान गरेर पैसा खाने उपाय’ भएको छ । योजनामा एक चौथाई खर्च मैं सम्पन्न गर्ने र बाकी रकम बाँडफाँड गर्ने नियतले काम गरिएको देखिएको छ ।

     उपभोक्ता समितिमार्फत भनिए पनि ‘अघोषित ठेक्का’ मा काम भईरहेको बुझिएको छ । ४६ लाख ६७ हजार रुपैया बजेटको काम एक्जाभेटर भिडाएर एक चौथाई खर्च मैं सम्पन्न गर्ने र बाकी रकम बाँडफाँड गर्ने नियतले काम गरिएको स्थानीयको आरोप छ ।

     जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले लालबकैया तटबन्ध बनाउदा खनिएको खाल्डोहरुको प्रभावको बैज्ञानिक बिश्लेषण गर्न चाहेको छैन । ड्याममा चपरा राख्ने र खाल्डोहरु पुर्ने योजना अनुसार काम भईरहको कार्यालयले जनाएको छ । 

    ड्याम बनाउदा वन विनाश भएको बारेमा वन कार्यालय बाराले कारवार्ही प्रकृया अगाडी बढाएको छ । सेक्टर वन कार्यालय तामागढीका प्रमुख उपेन्द्र पटेलले ड्याम बनाउदा वन विनाश भएको बारेमा आफुलाई जानकारी प्राप्त भएको र त्यस बारेमा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय पारवानीपुरका प्रमुखलाई पत्र लेखेर कसको आदेशमा काम भएको हो र त्यसबारे कारवार्ही प्रकृया अगाडी बढाउन म्याद दिर्ईएको जानकारी दिए ।

निजगढ शो


Post a Comment

 
Top