0
महेश्वर अधिकारी, निजगढ, ३२ साउन
बारा निजगढका सन्तोष दंगालले एन आर एन कतार २०१५–२०१७ को निर्वाचनमा उम्मेदवारी दिएका   छन् । कार्य समिती निर्वाचनको खुल्ला तर्फ सदस्य   पदमा उमेद्वारी दिएका हुन् ।
    मुग्ङ्लिना दोहा कतार बस्दै आएका दंगाल कतार एयरलाईन्समा लामो समय देखी कार्यरत छन् । कतार मा रोजगारीको क्रममा रहेका उनले त्यहाँको विभिन्न एक दर्जन सस्थामा रहेर समाजलाई तन, मन र धनले सक्दो सहयोग गर्दै आएकाले एन आर एन मार्फत थप सहयोग गर्ने चाहाना अनुसार आफुले उम्मेदवारी दिएको बताएका छन् ।
   प्रवासीको साझा सस्थाको रुपमा स्थापित एन आर एन मार्फत झन्डै चार लाख पचास हजार नेपालीको  हितमा काम गर्ने उदेश्य रहेको भन्दै निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् ।

Post a Comment

 
Top