0
बकैया ड्याम बनाउँदा विनाश गरिएकोमा चिन्ता ब्यक्त
महेश्वर अधिकारी, निजगढ, २४ भदौ
बाराको निजगढ नगरपालिका हुदै बग्ने बकैया नदी नियन्त्रण गर्न तीन अर्व रुपैया खर्च गर्नु पर्ने राष्ट्रपति चुरे–मधेस संरक्षण विकास समितिका अध्यक्ष रामेश्वर खनालले बताएका छन् ।
चालु आर्थिक वर्षसम्ममा १२ करोड खर्च भईसकेको बताउदँै अध्यक्ष खनालले नदीबाट मकवानपुर, बारा र रौतहट जिल्ला प्रभावित भईरहेको भन्दै चुरे संरक्षण र नदी नियन्त्रण गर्न प्रयाप्त बजेट नभएकोले समस्या एकै पटक समाधान गर्न नसकिने जानकारी दिए ।
१०१ औं विपी जयन्तीको अवसरमा बाराको निजगढस्थित बकैया सामुदायिक वनमा नेपाली कांग्रेस नगर ईकाई समितिले आयोजना गरेको  बृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै खनालले चुरे संरक्षणमा वृक्षारोपणको महत्वपूर्ण भुमिका रहने बताए ।
चुरे संरक्षणका लागि समितिले २० वर्षे गुरु योजना तयार गरिरहेको जानकारी दिदैं खनालले त्यसका लागि आवश्यक छलफल र अध्ययन अनुसन्धान सुक्ष्म रुपमा गरिरहेको बताए । चुरेको जैविक विविधताबारेमा अध्ययन गरेर गुरु योजना तयार गरिने भएकाले चुरेमा रहेका वन, जीव र बसोबासको तथ्याङक संकलन गरिरहेको जनाए ।
विवादित ड्यामको अवलोकन
संरक्षणको नाममा विनाश विषयमा निजगढ समाचारको निजगढ शो https://www.youtube.com/watch?v=Z05hAH1b4Vgमा प्रसारण गरिएको समाचारको विषयलाई लिएर खनालले बकैया पुलको दक्षिण–पश्चिममा बनाईएको ड्यामको आज निरीक्षण गरेका छन् । निरक्षण गर्दै खनालले ड्याम बनाउँदा वन विनास भएकामा चिन्ता ब्यक्त गरेको निरिक्षणमा सहभागि नेपाली कांग्रेस नगर ईकाई समितिका सभापति सुरेश खनाले जानकारी दिए । उनका अनुसार खनालले ड्याम निर्माणको क्रममा नजिकै रहेको तामागढी सेक्टर वन कार्यालय बेखबर बनेर बसेको भन्दै यस्ता निर्माण कार्य हुदाँ निगरानी बढाउन खनालले जिल्ला वन अधिकृत जीवन ठाकुरलाई निर्देशन दिएका छन् ।
यसै विषयमा निजगढ समाचार संग कुरा गर्दै खनालले सम्बन्धित कार्यालयले गल्ती स्वीकार गरेको र विभागिय कारवार्ही गरिने बताए पनि कस्तो कारवार्ही गरिने हो त्यस बारे भने उनले खुलाएनन् ।

Post a Comment

 
Top