0
महेश्वर अधिकारी, निजगढ, १९ भाद्र

बाराको निजगढमा श्री कृष्ण जात्रा निकालिएको छ । कृष्णप्रणामी मन्दिर निजगढ ६ बाराको आयोजनामा मन्दिर परिषरबाट सुरु भएको रथ यात्रा निजगढ बजार क्षेत्रको परिक्रममा गरेको छ । रथ यात्रामा सयौं भक्तजनाको सहभागिता रहेको छ । रथयात्रामा सहभागिले नेपाललाई हिन्दु राष्ट्र बनाउन समेत माग गरेका छन् । नाचगान सहित निस्केको रथ यात्रा पुनः मन्दिरमा नै पुगेर समापन हुने बताईएको छ ।


Post a Comment

 
Top