0
सम्मानिय प्रधानमन्त्री शुशिल कोईलाला ज्यू ।

यहाँ हामी नेपाली जनतालाई विसन्चो नै विसन्चो र मुटुभित्र दनदनि आगो बालिरहेको अवस्थामा त्यहाँ हजुर लगायत सम्पूर्ण सर्वमान्य नेता ज्यूहरुलाई श्री पशुपति नाथको कृपाबाट सदा सर्वदा आराम र कल्याण भई रहोस् यहि नेपाली जनताको तर्फबाट कामना गर्दछु ।
बास्तवमा भन्नुपर्दा सम्मानिय प्रधानमन्त्री ज्यू यो देश ईतिहासको परापूर्वकालदेखि आपसी भाईचारा र एक आपसमा दुःख, सुख बाढ्दै भयमुक्त समाजमा रहदै आएकोमा अहिले आएर यहाँ तेरो मेरो भन्दै नेपाल आमालाई गहिरो चोट पु¥याउने काम भईरहेको छ ।
यस्तो अवस्थामा नेपाली सपुतले गर्नुपर्ने काम कर्तब्य समेत कसैले निभाउन सकेका छैनन् । नेपाल धर्तिमा बास्तवमा नै सतिले सरापेको श्राप लागेझै गरि प्राकृतिले पनि त्यहि रुप देखाउदै अब तिमिहरुले आफुहरुलाई सच्चाएर अघि बढ् नत्र झन् भन्दा झन भयभित अवस्थाको सामाना गर्नु पर्ला भन्ने संकेत दिई रहेकी हुदाँ अब हामी नेपाली सचेत भई एक भई अघि बढ्नु सिवाय अर्को विकल्प हाम्रो सामु देखिदैन् ।
सम्मानित प्रधानमन्त्री ज्यूलाई हामी नेपाली जनता के भन्न चाहान्छौ भने यो देश शुन्दर छ, भुगोल लोभ लाग्दो छ यस्तो अवस्थामा यसलाई खण्ड खण्ड गरि विभाजन गर्नु भन्दा अखण्ड अञ्चल र जिल्लालाई यसै भित्रका जनतालाई निर्णय गर्न पाउने र जातिय राज्य नहुने गरि १४ अञ्चललाई ७ प्रदेश कायम गर्दै आफ्नो क्षमता बुद्धि विवेक प्रयोग र जनताको मन जितेर सो प्रदेशको शिहासनमा नेतागणलाई विराजमान हुने अवसरको संविधान बनाउनुहोस् ।
अर्को कुरा नेपाल ऋषिमुनीको तपोभुमी, देवताहरुको वासस्थान अनेकतामा एकता रहदै आएको देश हो । नेपाली स्वाभिमानी छन् । नेपाल बुद्ध र सिता जन्मेको ठाँउ हो भन्ने विश्वसामु ठाँडो शिर पारेरे चिनाउँदा आपसी सद्भाव नखलबलाई बसुधैव कटुम्बक भन्ने मुल मन्त्रलाई साथ लिई अघि बढ्ने नेपाली जनताको चाहाना र भावनालाई आत्मसाथ गर्दै नेपाल हिजो पनि हिन्दु राष्ट्र थियो आज पनि नेपालको संविधानमा विश्वको एक मात्र ‘हिन्दु राष्ट्र’ नेपाल भनि लेखियोस यहि नै आम नेपालीहरुको चाहाना छ ।
अर्को तर्फ नेपाल आमा रोई रहेकी छिन् । आँसु पुछि दिने सपुत कोही छैनन् तसर्थ दाताले दिएको दानलाई सहि सदुपयोग गर्न र गराउन अनि केही वर्ष भित्र आमाको अनुहारमा हाँसो दिलाउन उच्च स्तरिय प्राधिकरणको नेपाली सपुत सम्मानिय प्रधानमन्त्री बाबुराम भट्टराईलाई जिम्मा दिएको खण्डमा नेपालको सम्पूर्ण समस्या दिर्घकालिन समाधान हुने विश्वासका साथ अन्तमा तपाई लगायत सम्पूर्ण नेतागणलाई बेलैमा नेपाल र नेपालीहरुको अस्तित्व कायम रहेन छ भन्ने विश्वासका साथ विदा लिन चाहान्छु ।
नमन :
नेपाल आमाको आज्ञाले
बासुदेव गौतम
निजगढ न.पा. बारा
email-bashu.nijgadh@gmail.com




Post a Comment

 
Top