0
बारामा एकजनाको मृत्यु
 निजगढसमाचार,१५ भदौ, वीरगञ्ज
वीरञ्जमा प्रहरीको गोली लागेर मंगलबार मृत्यु हुनेको संख्या तीन पुगेको छ । मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा धर्मराज सिंह, दिनानाथ साह र सोहन साह कलवारको मृत्यु भएको हो ।
धर्मराज सिंह राधेमाई चोकमा घाइते भएका थिए । सोहन साह नगवा चोकमा र दिनानाथ लक्ष्मनावा भन्ने स्थानमा घाइते भएका थिए । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।
गोली लागेर घाइते भएका भोला प्रसाद साहको अवस्था गम्भीर छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।
सोमबार पनि वीरगञ्जमा प्रहरीको गोली लागेर दिलिप सिंह चौरसियाको मृत्यु भएको थियो ।
  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन तराई(मधेस बन्दको १७ औं दिन कलैयामा आन्दोलनकारी र प्रहरीबीच मंगलबार बिहानै झडप हुँदा एक जनाको मृत्यु भएको छ । तीस जना भन्दा धेरै आन्दोलनकारी घाइते भएका छन् ।
  स्थिति तनावग्रस्त भएपछि प्रहरीले चलाएको गोली लागेर कलैया(१० रगंपुरका २० बर्षीय हिफाजत मियाँ अन्सारीको मृत्यु भएको हो ।
प्रहरीसँगको झडपमा ३० भन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । घाइते मध्ये १० भन्दा बढीको अवस्था गम्भीर छ । घाइतेहरुको कलैया अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइतेहरुको टाउको, छाती, पेट, हात र खुट्टा गोली लागेको छ ।
कलैयाको भरत चोक, मछरहटा चोक, बालमन्दिर चोक सहितका ठाउँमा आन्दोलनकारी र प्रहरीबीच अहिले पनि दोहोरो भडप भइरहेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीहरुले ढुंगा र गुलेली प्रहार गरिरहेका छन् ।

Post a Comment

 
Top