0
निजगढसमाचार,काठमाडौं, ७ चैत्र
व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र तराइ-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सरकार आफैंले बनाउन निर्देशन दिएको छ।
   समितिको आइतबार बसेको बैठकले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सरकारको राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार आफैंले निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको हो। समितिका सभापति प्रकाश ज्वालाले राष्ट्रको अधिकतम हितलाई केन्द्रमा राखी सरकार आफैंले आर्थिक स्रोत व्यवस्थापन गरी विमानस्थलको सम्पूर्ण काम तत्काल अघि बढाउने निर्देशन दिएको बताए।
   यो राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार आफैंले आर्थिक स्रोत व्यवस्थापन गरी विमानस्थलको डिजाइन र लागत अनुमान, जग्गा अधिग्रहण तथा पुनर्वासको व्यवस्थालगायतका विषयमा तत्काल निर्णय गरी काम गर्न समिमिा सदस्यहरुले जोड दिनुभएको छ,ज्वालाले भने,-पारदर्शी ढंगबाट आधुनिक प्रविधियुक्त विमानस्थलको निर्माण कार्य तत्काल अगाडि बढाउन नेपाल सरकार, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समितिले निर्देशन दिएको छ। यसैगरी बैठकले काठमाडौं तराईरमधेश द्रुत मार्गको निर्माण सरकार आफैँले निर्माण गर्ने गरी काम सुरु गर्न सरकारलाई निर्देशन दिएको छ।

Post a Comment

 
Top