0


निजगढसमाचार, निजगढ

बारा निजगढकी भान्जी जिग्मे छ्योकी घिसीङले युब्ट्यूवमा चर्चा कमाएकी छिन् । उनी अहिले इन्टरनेटमा एकाएक भाइरल भएकी छिन् ।

उनी आफ्नो प्रतिभाको कारण इन्टरनेटमा एकाएक भाइरल भएकी हुन् । अरुणोदय मावि कक्षा ३ मा अध्ययनरत घिसिङ आफ्नो सुरिलो स्वरका कारण अहिले युब्ट्यूवमा व्यापक हेरिन थालिएकी छन् । अहिलेसम्म ६१ हजार दुई सय १० पटक हेरिएको छ ।

जिग्मे छ्योकी घिसीङको स्वरमा रेकर्ड गरिएको तिम्ले बाटो फे¥यौ अरे...भन्ने गीत फागुन ८ गते युट्युवमा अपलोड गरिएको हो । गितको शब्द दर्पण राईको छ हो भने संगित टंक बुढाथोकीले दिएका छन् ।

उनको सुरिलो स्वर युट्युवमा मन मराएर धेरैले सफलताको शुभकामना दिएका छन् ।

  ८ बर्षिया घिसिङ कक्षामा प्रथम हुन । उनले गायनको क्षेत्रमा पनि अब्बल हुने सोच बनाएकी छन् । वाद्ययन्त्र हार्मोनियन आफै वजाएर गाउने क्षमता भएकी जिग्मेको प्रतिभालाई हेरेर उनी भविष्यमा अझ निखारिएको गायिका बन्न सक्ने यस क्षेत्रका अनुभवीहरु बताउँछन् ।

उनी अहिले आमा बसन्ती लामासँग काठमाडौं स्वयंम्भुमा बस्दै आएकी छिन् । बाबु रामकाजी घिसिङ कोरियामा कामको सिलसिलामा    छन् । उनका मामा पेमासिद्धी लामा भाञ्जीको प्रतिभाबाट आफूहरु उत्साहित भएको उल्लेख गर्दै उनको प्रतिभा निखार्न पुरै परिवारको सहयोग उनलाई रहने बताउँछन् ।




Post a Comment

 
Top