0

निजगढसमाचार, निजगढ
पर्सी बिहीबारदेखि सुरु हुने एसएलसी परीक्षाका लागि बारामा २९ वटा केन्द्रमा परीक्षा हुने छ ।
जिल्ला शिक्षा कार्यालय बाराले दुई वटा केन्द्र निर्धारण गरिएको    छ । गौरीशंकर उमावि निजगढ–८ बजार र गौरीशंकर उमावि सडक टोलमा परीक्षा संचालन हुने भएको छ ।
गौरीशंकर उमावि सडक टोल, सार्वजनिक मावि बागदेव, नेपाल राष्ट्रिय उमावि रतनपुरी, होली एन्जल्स ई. बो. स्कुल र नेपाल राष्ट्रिय मावि लाल रतनपुरी विद्यालयको परिक्षा केन्द्र गौरीशंकर उमावि निजगढ–८ बजार परेको छ ।
गौरीशंकर उमावि सडक टोलको परीक्षा केन्द्रमा गौरीशंकर उमावि निजगढ–८ बजार, नेत्रोदय माध्यमिक विद्यालय निजगढ, अन्जु आर्दश ई. बो. स्कुल निजगढ, विद्यासागर ई. बो. स्कुल निजगढ र नेराउमावि भरतगंज सिंगौलका परीक्षार्थी सहभागि हुनेछन् ।
प्रजिअद्धारा  सहयोगको आग्रह 
बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले एसएलसी परीक्षा मर्यादित बनाउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी बाराको चौथो जिल्ला अधिवेशनमा बोल्दै प्रजिअ ढुंगानाले पत्रकारलाई अभियानमा सघाउन विशेष सहयोगको आग्रह गरेका हुन् ।

Post a Comment

 
Top