0
निजगढसमाचार, निजगढ
नेकपा एमाले निकट प्रेस चौतारी बाराको अध्यक्षमा दिवाकर भण्डारी सर्वसम्मत रुपमा चयन भएका छन् ।
नेपाल पत्रकार महासंघ बाराको सभाकक्षमा सम्पन्न चौतारीको चौथो अधिबेशनले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा   चयन गरेको हो । यस्तै समितिको उपाध्यक्ष्ँमा भैयाराम साह, सचिवमा अजय साह, सहसचिवमा सन्तोष देउजा, कोषाध्यक्षमा मनोज उपाध्याय  लगायत १५ सदस्य चयन भएका     छन् । यसअघि अधिवेशनको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालले द्धन्तहिन्ता अन्त्य नभएसम्म पत्रकारहरु द्धन्द्धको मारमा परिरहने बताउनु भएको छ । उद्घाटन कार्यक्रमका बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगाना, प्रहरी उपरिक्षक नरेन्द्र उप्रेती, प्रेस चौतारीका केन्द्रिय सल्लाहकार गणेश वस्नेत, पुर्व सभापति छठु प्रसाद यादव, नागरिक समाजका सुख प्रसाद चौधरी, प्रेस युनियन बाराका अध्यक्ष गणेशराज रिजाल, क्रान्तिकारी पत्रकार संघ बाराका अध्यक्ष महेश्वर अधिकारी, पत्रकार गोकुल घोरसाइने लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Post a Comment

 
Top