0
निजगढसमाचार, कलैया, १९ चैत्र 
कलैयामा शुक्रबार सम्पन्न  अखिल नेपाल महिला संघ क्रान्तिकारी  बाराको ११ औ जिल्ल अधिवेशन बाट सर्व सहम्मतीले अध्यक्ष मिना सिंह चयन भएकी छन् । संघको उपाध्यक्षमा माया दहाल ,सायदा खातुन ,पार्वती चौरसिया ,सचिवमा पार्वती फौजदार ,सह सचिवमा रुकु लामा , कोषाध्यक्षमा बर्माधर मण्डल रहेकी छन् । संघको सदस्यमा कुसुम श्रेष्ठ ,नेनुता फुयाल ,निर्मला श्रेष्ठ ,अकबरी खातुन , संगिता पटेल ,डा. उषाकिरण अंसारी ,दिलमाया धामी , कान्ती मण्डल ,रामरती राम ,मिना देवी नुनिया ,समरिया राम , शोभा पटेल ,सिता देवी राम , कुसमी राम चमार ,सिहनतरी चौधरी ,लिलावती चौधरी ,प्रभावती देवी सहनी , गान्धी पटेल , लक्ष्मी पटेल ,रिता देवी चौधरी ,हिकमतिया महरा ,समादेवी चौधरी ,जमुनी देवी कुर्मी ,गायत्री देवी पटेल लगायतका रहेका छन। अधिवेशन बाट केन्द्रिय प्रतिनिधीमा मिना सिंह ,माया दहाल ,शायदा खातुन ,पार्वती चौरसिया ,पार्वती फौजदार ,रुकु लामा ,धरमणी मण्डल चयनी भएकी छन् । पर्येक्षकमा सांसद डा. उषा किरण अंसारी ,सांसद दिलमाया धामी चयन भएकी छन् ।
     यसअघि  जिल्ला अधिवेशनको उदघाटन एक समारोह बीच एमाओबादीका केन्द्रिय सदस्य ज्वाला साहले गर्नु भयो । संघकी अध्यक्ष मिना सिंहको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा एमाओबादी बारा जिल्ला संगठन प्रमुख धुरी साह ,जिल्ला सदस्य अबुलेश अंसारी, क्रान्तिकारी पत्रकार संघ बाराका अध्यक्ष महेशवर अधिकारी लगायतकाले मन्तब्य ब्यक्त गरे । उदघाटन सत्रमा संचालन  माया दहाल एव स्वागत पार्वती फौजदारले स्वागत गर्नु भयो । जिल्ला अधिवेशनको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तीकारी बाराले कलैयामा जुलुश प्रर्दशन गरेको छ । कलैया स्थित सिद्धेशवर बिधालय बाट शुरु भएको जुलुशले कलैया नगरपरिक्रमा गरेको थियो । संघकी अध्यक्ष मिना सिंहको अगुवाईमा उतm जुलुश प्रर्दशन भएको हो ।

Post a Comment

 
Top