0
निजगढसमाचार, निजगढ
तालिम तथा रोजगार प्रदायक संस्था कुशल ब्यवसाय परामर्श तथा तालिम केन्द्र निजगढको आयोजनामा शुक्रबार केश श्रृगार तालिम सुरु भएको छ ।
ब्यवसायिक सिप विकास तथा तालिम केन्द्र हेटौडाको सहकार्यमा आयोजित तालिममा दलित तथा जनजाति तथा गरिब परिवारका २० जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिममा मुख्य प्रशिक्षक काठमाण्डौंकी ब्यूटिसियन पूर्णिमा खरेल र सहायक प्रशिक्षक मनिषा लामाले प्रशिक्षण दिईरहेका छन् ।
निजगढ–८ स्थित कुशलको कार्यालयको तालिम कक्षमा तीन महिना संचालन हुने छ ।
बेरोजगार महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको कुशल ब्यवसाय परामर्श तथा तालिम केन्द्र निजगढका प्रवन्ध निर्देशक सरोज कोईरालाले बताए ।
‘तालिमबाट दक्ष ब्यूटिशियन उत्पादन हुनेछन्,’ कोईरालाले भने–अब यसलाई ब्यस्थित रुपमा अगाडी बढाउँदैछौं । कोईरालाका अनुसार निजगढमा दक्ष प्रशिक्षकको अभाव छ । उनले भने–अहिले संचालन भएको तालिममा पनि काठमाण्डौंबाट प्रशिक्षक ल्याएका छौं ।
कुशलले अब ब्यूटिपार्लर तालिमको लागि आफ्नै तालिमक सेन्टर संचालन गर्ने तयारीमा छ ।
  कुशलले प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (CTEVT) को पाठ्यक्रममा आधारित १२ वटा विषयमा प्रशिक्षण गराउँदै आएको छ ।
कुशलले प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (CTEVT) को सहकार्यमा निजगढमै परिक्षा केन्द्र संचालन हुन लागेको छ । यस अघि काठमाण्डौं, हेटौंडा, वीरगंज लगायतका शहर परिक्षा दिन पुग्नु पर्ने बाध्यता थियो ।

Post a Comment

 
Top