0
रतनपुरमा ४१ जनालाई अपाङगता परिचय पत्र वितरण

निजगढसमाचार, निजगढ
महिला तथा बाल बालिका कार्यालय बाराकी महिला विकास अधिकृत निरु लक्ष्मी श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिलाई दुख्दा आफुलाई पनि दुख्ने बताएकी छिन् ।
बाराको निजगढ नगरपालिकास्थित रतनपुरमा अपाङ्गता परिचय पत्र वितरण तथा अन्र्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएकी हुन् ।
‘लामो समयदेखि अपाङ्गता भएका ब्यक्तिको सेवामा काम गरियो,’श्रेष्ठले भनिन्–उहाँहरुको हरेक पीडाले मलाई छुन्छ ।
निजगढ नगरपालिका कार्यालयको आयोजना तथा महिला तथा बालबालिका कार्यालय बारा र नेपाल अपाङ्ग सेवा संघ बाराको समन्वयमा संयुक्त वडा कार्यालयमा परिचय पत्र वितरण गरिएको हो ।
महिला विकास अधिकृत निरु लक्ष्मी श्रेष्ठले १८ जनालाई रातो, ८ जनालाई निलो, १० जनालाई पहेँलो र ६ जनालाई सेतो परिचय पत्र वितरण गर्नुभयो ।
यसैविच अपाङ्गता परिचय पत्र वितरण  घुम्ती शिविर जनचेतना अभिवृद्धि कार्यक्रमको महिला विकास अधिकृत श्रेष्ठले मैनबत्ती बालेर उद्घाटन गरेको कार्यक्रममा निजगढ नगरपालिकाका सुचना अधिकारी नविन खनाल, नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा वाग्ले, नेकपा एमाले निजगढका सचिव तिलक घलान, नेपाली कांग्रेका सोनामसिंह गोले, नेकपा क्रान्तिकारीका विकास लामाले मन्तब्य ब्यक्त गरेको कार्यक्रममा निजगढ नगर अपाङ्ग समन्वय समितिका उपाध्यक्ष रेशमनाथ अधिकारी, डा. परमेश्वर जैसवाल, औतार टोल सुधार समितिका अध्यक्ष सिताराम दंगाल, वडा नं. १० नागरिक वडा मञ्चका पद्म बहादुर मोक्तान, पत्रकार महेश्वर अधिकारी सहभागि रहेको कार्यक्रमको संचालन नेपाल अपाङ्ग सेवा संघ बाराका उपाध्यक्ष धनप्रसाद बजगाई र स्वागत धनबहादुर श्रेष्ठले गर्नुभएको थियो ।

Post a Comment

 
Top