0

निजगढसमाचार, निजगढ, २० चैत्र
निजगढ–५ स्थित जनजागृती सुन्दर सामुदायिक वन समुहको अध्यक्षमा पुनः नारायाण प्रसाद गौतम सर्वसम्मत निर्वाचित भएका छन् । समुहको आज सम्पन्न छैठौं साधारण सभाले समुहको उपाध्यक्षमा बेन बहादुर खड्का, सचिवमा दुर्गा कुमारी गौतम, कोषाध्यक्षमा कल्याणी थापा, सहसचिवमा गुणराज चौलागाई निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा नम्रता सापकोटा, कान्छीमाया आर्चाय, यमुना चौलागाई, निमादेवी विक, लक्ष्मीमाया राना चयन भएका छन् । त्यस्तै समुहको जनलेखा समितिको संयोजक खड्ग प्रसाद उप्रेती र सदस्यहरुमा दिलनाथ आर्चाय, सत्य कुमारी चौलागाई चयन भएका छन् ।
यस अघि साधारण सभाको सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले उद्घाटन गरेका हुन् । कार्यक्रममा ईलाका वन कार्यालयका सहायक वन अधिकृत धर्मेन्द्र साह, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता समुहका सहसचिव खड्ग प्रसाद उप्रेती, सार्वजनिक माध्यमिक विद्यालयका प्रअ हस्तबहादुर लामाले शुभकामना मन्त्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा अ‍ैचोपैचो साकोसका सचिव दुर्गा गौतम, निजगढ समाचारका कार्यकारी सम्पादक महेश अधिकारी, जनजागृती प्राविका प्रअ शिव प्रसाद नेपाल, वडा नागरिक मञ्च निजगढ ५ का संयोजक चिन्तामणी गौतम, जनजागृती युवा क्लबका यज्ञ प्रसाद राउत, शहीद हिराला युवा क्लबका अध्यक्ष भवानी प्रसाद गौतम लगायतको सहभागिता रहेको कार्यक्रममा स्वागत समुहकी उपाध्यक्ष लक्ष्मी गौतम र संचालन थानेश्वर सापकोटाको थियो ।
साधारण सभाले अध्यक्ष गौतमद्धारा प्रस्तुत प्रगति प्रतिवेदन तथा आगामी योजना प्रतिवेदन, पुरुषोत्तम भट्टराईले आर्थिक प्रतिवेदन र विद्यान संसोधन प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

Post a Comment

 
Top