0
निजगढसमाचार, निजगढ
शुख्खा मौसमसंगै बाराको वन क्षेत्रमा डढेलो अझैं फैलिरहेको छ ।
डढेला प्रकोपकै रुपमा फैलिईरहेको छ । एक महिना अघि देखि नै शुरु भएको वन डढेलो अहिले पनि नियन्त्रणमा आउन सकेको छैन् ।
अहिले जिल्लास्थित पर्सा वन्य जन्तु आरक्ष, तामागढी, मधुवन र पथलैया सेक्टरको जंगलका दर्जनौं सामुदायिक वनमा डढेलो फैलिएको छ ।
डढेलोबाट पुर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्ड नजिकको वन सबै भन्दा बढी प्रभावित बन्दै आएकोे छ । आगो र धुवाको मुस्लोले राजमार्गका सवारी चलाक र यात्रु समेत समस्यामा पर्ने गरेका छन ।
स्थानीयका अनुसार घाँस पलाउने लोभ र वन्यजन्तुका चोरी सिकारीले सिकार गर्न सजिलो हुने ठानेर जंगलमा आगो सल्काउने गरेको र प्रकोपको रुप लिने गरेको छ । ‘सानो स्वार्थको लागि ठुलो क्षेति हुने गरेको छ,’ गढिमाई नपा १६ कतर्वाका दुर्गा प्रसाद शिवाकोटीले भने, आगो लगाउदा घाँस पलाउछ भन्ने गलत सोचाई छ ।
चेतना अभावमा गाउँघरका गोठालामा डढेलोले खाएपछि वनमा घाँस चाँढै पलाउने र चरिचरण गर्न सजिलो हुन्छ भ्रम कायम रहेको पनि शिवाकोटीले सुनाए । अर्का स्थानीय विकास ढकालका अनुसार वन्यजन्तु मार्न सिकारीले पनि वनमा आगो लगाउने गरेको बताउँछन । ‘डढेलो लगाएर झाडी सफा पारेपछि सिकारीले घेरेर सजिलै वन्यजन्तु सिकार्रे गर्छन ।’ ढकालले जंगलमा डढेलोसंगै वन्यजन्तुको चोरी सिकारी पनि वृद्धि भएको बताए । डेढेलोका कारण वनका बहुमुल्य रुखका पोथ्रा, वन्यजन्तु तथा ढलापढा र सुखल खडा एंव संकलन गरेर घाटगद्दि स्थानमा राखेको करोडौं रुपैया मुल्य बराबरको सालको गोलिया र दाउरामा समेत क्षेति पुग्दै आएको छ ।
‘तीन वटा सामुदायिक वन समुहको जिम्मा पाएका निजगढ इलाका वन कार्यालय सहायक वन अधिकृत धर्मेन्द्र साहले अहिले आफ्नो वन क्षेत्रमा डढेलो नियन्त्रण भईसकेको बताए । डढेलो नियन्त्रणको लागि जनचेतना जगाउने उद्देश्यले निवन्ध प्रतियोगिता समेत गरिएको साहले सुनाए । ‘सुरक्षाको लागि हामी जतिसुकै बेला तयारी नै छौं ।’  सहायक वन अधिकृत साहले भने–खबर पाउनासाथ खटिने गरेका छौं ।’
जंगलमा फैलिएको डडेलो नियन्त्रण प्रयास नहुदा वन क्षेत्र नजिक वस्तिका बासिन्दामा आगलागी हुन सक्ने त्रास बढेको कतर्वाका सुर्य सापकोटा बताउछन । अघिल्लो साता जंगलको डढेलो सल्केर बृक्षारोपण गरिएको विरुवा जलेर नष्ट भएको र सबै मिलेर आगो नियन्त्रण हुन नसकेको भए गाँउ नै ध्यवस्त हुने अवस्था टरेको सापकोटाले सुनाए ।
अघिल्लो साता जंगलको डढेलो सल्किएर पथलैयास्थित स्वास्थ्य सेवा विभागको आपुर्ति ब्यवस्था महाशाखाको केन्द्रीय मेडिकल स्टोर्समा आगलागी हुदाँ करोडौं मुल्य बराबरका औषधि जलेर नष्ट भएको थियो । पर्सा वन्य जन्तु आरक्षको जंगलमा लागेको डढेलो सल्किएर आइतबार आगलागी हुदा करोडौं रुपैया बराबरको औधषि र भवन जलेर नष्ट भएको थियो । पथलैया लगायत जिल्लामा जंगल सिमाका तिन दर्जन भन्दा बढी वस्ति डढेलो सल्किएर आलागी हुनसक्ने जोखिममा छन ।

Post a Comment

 
Top