0
निजगढसमाचार, निजगढ
निजगढ नगरपालिकाको प्रस्तावित नयाँ भवन बैशाख देखि निर्माण हुने भएको छ ।
भवन निर्माणको लागि चैत्र ७ गते नगरपालिकाले बोलपत्र आह्वान गरेकोमा यहि साता आशय पत्र प्रकाशित गर्ने अन्तिम तयारी गरेको छ । भवन निर्माणको लागि ९ वटा टेन्र्डर फारम विक्रि भएकोमा ६ वटा टेन्र्डर परेको छ । एउटा ई–बिल्डिङग मार्फत र ५ वटा कार्यालयबाटै फारम खरिद गरेर टेन्र्डर भरेको हो ।
यसैविच उपप्रधान मन्त्री तथा स्थानीय विकाश मन्त्री कमल थापाले विहीबार भवनको शिलान्याश      गरेका छन् । निजगढ–७ लिच्चिटोलमा  एक कार्यक्रमका विच राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले धार्मिक विधि अनुसार शिलन्यास गरेका हुन् ।
स्थानियले दान गरेको ११ कठ्ठा जग्गालाई सडक निर्माण सहित भवन निर्माण गर्न लागिएको हो ।
तीन तल्लाका ३८ कोठे भवन बन्ने र यसको कुल लागत रु. ९ करोड हुने अनुमान गरिएको निजगढ नगरपालिकाले जनाएका छ । पहिलो चरणमा ५ करोडको लागतमा भुई तला र पहिलो तला निर्माण गर्न लागिएको हो ।

Post a Comment

 
Top