0

निजगढसमाचार, निजगढ, २६ चैत्र
नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिमा बाराका दुई जना सांसद बिजयी भएका छन् । मधेसी पुरूष कोटामा सांसद राम अयोध्या यादव १ सय २३ मत सहित विजयी भए । उनी संसदको विकास समितिका सदस्य समेत हुन् । त्यस्तै बारा क्षेत्र नं. ६ की समानुपातिक सांसद मधु साही ठकुरी खय आर्य महिला कोटातर्फ विजयी भएकी छिन् । उनले १ सय १९ मत पाएकी छिन् । उनी महाधिवेशन प्रतिनिधि निर्वाचनमा भने पराजित भएकी थिईन् ।
समितिमा सभापति शेरबहादुर देउवा पक्षले बहुमत सदस्य विजयी भएका छन् । रामचन्द्र पौडेल समूहबाट चार जना मात्र विजयी भएका छन् । २१ सदस्यका लागि बुधबार भएको निर्वाचनमा देउवा पक्षका १७ उम्मेदवार विजयी भएका छन् । जातीय आरक्षणतर्फ खस आर्य पुरुष बाहेक सबैमा देउवा समूह विजयी भएका छन् ।
प्रदेशतर्फ भने पौडेल समूहका तीन जना विजयी भएका छन् । पिछडिएको क्षेत्रबाट भने राजिवविक्रम शाह निर्विरोध निर्वाचित भएका छन् ।

Post a Comment

 
Top