0
निजगढसमाचार, निजगढ
पुर्वपश्चिम राजमार्ग निजगढ शहीद चोक–बजार खण्डमा नाला निर्माण हुने भएको छ ।
राजमार्गको उत्तरतर्फ निजगढ–८ मा सडक डिभिजन कार्यालय हेटौडाले बनाउन नाला डेढ मिटर चौडाईको हुने छ । नाला निर्माणको लागि सडकको केन्द्रविन्दुबाट २३ मिटर उत्तरमा पर्ने भौतिक संरचना हटाउन निजगढ नगरपालिकाले नगरवासीलाई अनुरोध गरेको छ । नगरपालिका र सडक विभागको टोलीले शनिबार नै नापी गरि रातो चिन्ह समेत लगाई सकेको छ । नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेलले रातो चिन्ह क्षेत्रमा रहेका घर टहरा तथा निर्माण सामाग्री तीन दिन भित्र हटाई निर्माण कार्यमा सघाउन नगरवासीलाई आग्रह गरेका हुन् ।

Post a Comment

 
Top