0

  • मधु तिमल्सिना

ब्रहमाण्डमा रहेको सम्पूर्ण जैविक ,अजैविक वस्तुहरु हावा ,पानी ,माटो वायुमण्डल ,जीव तथा वनस्पति र खनिज पदार्थ आदिका सामुहिक अस्तित्व वाहिरी वातावरण हो । यस वातावरण भित्र मानिसको मानवीय अस्तित्य सहितको वातावरण अनुकुलको वस्ती छ । जुन समाज हो ।
मानिस र वातावरणविच ठुलो सम्वन्ध छ । मानिसहरुले आफ्नो सम्पूर्ण गतिविधीहरु वातावरणमै सञ्चालन गर्दछन् । त्यसकारण मानिसका हरेक क्रियाकलापमा वातावरणको सहभागी रहन्छ ,तर समाजको नेतृत्व भने प्रकृतिले गरेको हुदैन् ।
मानवीय सभ्यताको क्रम सँगै मानिसका क्रियाकलाप रगतिविधीलाई नियन्त्रण गर्न र संयम बनाउन धर्मको अवधारणको विकाश गरियो यसबाट बढ्दो मानवीय व्यहारलाई नियन्त्रण गर्ने गरि मानव सभ्यतालाई अनुशासित  बनाइयो सृष्टिका सुन्दरता स्त्री जातको सुरक्षा तथा सम्मानको विकाश भयो । कयन धार्मिक ग्रन्थहरु विकाशित भए तर सम्पूर्णको सार तत्वमा समानता रह्यो ।
मानवीय सभ्यताको विशिष्ट स्वरुप समाज विकाशको श्रृङ्गखलामा विभिन्न अवधारणहरु आउने क्रम सँगै ‘राजनीतिक’ अवधारणको विकाश भयो । राजनीतिक बारेमा विभिन्न अवधारणहरु आएका छन् ।
राज्य सञ्चालन आजको बैज्ञानिक र विकाशित  एक उत्कृष्ट नीति नै राजनीति हो । राजनीतिलाई जनताको सेवा गरिने हेतु अन्तर्गत सञ्चालन गरिएको अवस्थामा देश र समाजको हित हुन्छ  तर यसको गलत सञ्चालन भएमा समाज र राष्ट्रले ठूलो नियती र सास्ती भोग्नुपर्दछ । राज्यमा राजनीति नेताहरु तथा दलहरुले पद्दतिको सञ्चालन गरेका हुन्छन् ।
राज्य सञ्चालन तथा सामाजिक गतिविधीलाइ मर्यादित बनाउन राज्यको मूल कानुन संविधान रहन्छ र यसमा न बाझिने गरि अन्य नियम,कानुन ,ऐनहरु बनाइएका हुन्छन् ।राजनीतिक राजनीतिज्ञद्दारा संञ्चालन हुन्छ । राजनीतिज्ञहरु असल भएमा देशलाई समाजलाई र सम्पूर्ण पद्दतिलाई राम्रोसँग संञ्चालन गरेर जनतालाई सुख दिने समानता र शान्ति दिने भन्ने सोचलाई व्यवहारमा लागु गर्न तदनरुपकै क्रियाकलापहरु    गर्दछन् ।
हाम्रो राष्ट्र अनि हाम्रो परिवेश हाम्रो । समाज यसै प्रणालीमा संञ्चालित छ । हिजो कुनै राजनीतिक सिद्दान्तको विकाश नहुदा पनि समाज संञ्चालित नै थियो भने सिद्दान्तको उदयमान सँगैको विभिद नियतिको हामीले सामना गरेका छौँ ।आधुनिक नेपालको निर्माण सँगैको बाइसे–चौबिसे राज्यको एकीकरण देखी आजको संघीय राज्य निर्माणको अवधि सम्म हामीले स्वाधिनताको लडाई लडेका छौँ ।
स्वतन्त्रताको लडाई लडेका छौँ । निरङ्गकुशताको  विरुद्दमा लडाई  लडेका छाँै । लोकतन्त्र प्राप्तिका निमित लडाई लडेका छौँ । हामीले ठूलो अनुभव बटुलेका छौँ । तर राजनीतिक संञ्चालन गर्ने कुशल र दुरदृष्टि विहीन भएकाले नेपाली समाज सोचे अनुरुप विकाशित हुन सकेको छैन् । तर राज्य व्यवस्था लोकतान्त्रिक छ,प्रगतिशिल करको माध्यमबाट धनी–गरिव विचको खाडल कम गर्ने नीति रहेको छ । विकेन्द्रीर्कत राज्य संञ्चालनार्थ अभ्यासमा छ ।फेरी पनि राज्य व्यस्थाको विरुद्द अर्को संर्घष गर्नुपर्ने अवस्था आएन भने अहिलेको प्रणालीबाट आश लाग्दो परिर्वतनको सुरुवात भएको छ । गरिखान पाउने व्यवस्थाको सूत्रपात भएको छ ।

Post a Comment

 
Top