0
निजगढसमाचार, निजगढ
ठाडोलाईन–शहीद चोक हुदैँ शहीद हिरालाल पार्क पुग्ने शहीद हिरालाल मार्ग कालो पत्रे गर्न काम सुरु भएको छ ।
८ मिटर चौडाईको सडकमा दुवै तर्फ नाला र फुटपातको ब्यवस्था गरिने भएको छ । ५ सय मिटर नाला निर्माणको लागि नगरपालिकाको आग्रहमा योजनामा समावेश भएको हो ।
सडक डिभिजन कार्यालय हेटौडामार्फत श्री सञ्जीवनी एण्ड देव एण्ड सायरजेरी कन्ट्रक्सनले दुई वर्षमा सडक निर्माण पुरा गर्ने गरि काम अगाडी बढाएको छ ।
करिब तीन किलोमिटर सडक कालो पत्र गर्न ५५ लाख बजेट बिनियोजन भएको छ । यो सडक निर्माणको लागि तीन करोड ५२ लाख रकम ठेक्का रकम हो ।
सडक डिभिजन कार्यालय हेटौंडाका ईन्जिनियर दरोगा प्रसादले निर्वाचित सासंदको सिफारिसमा सडक निर्माणको लागि बजेट बिनियोजन भई काम अगाडी बढाईएको बताए ।
‘सुरुमा ४ किलो मिटर सडक कालो पत्र गर्ने भनिएपनि नगरपालिकाले सडकमा नालाको ब्यवस्था गर्न अनुरोध गरेपछि दुरी केही घट्न छ ।’, ईन्जिनियर दरोग प्रसादले भने ।
बारा क्षेत्र नं. ६ का सांसद पुरुषोत्तम पौडेलले शहीद हिरालाल मार्ग बनाउन आफुले सिफारित गरेको बताए । निर्वाचित सांसदले आफ्नो क्षेत्रमा विकास निर्माणमा ५ करोड बजेट खर्च गर्न पाउने ब्यवस्था अनुसार शहीद हिरालाल मार्गको लागि पनि बजेट छुट्याईएको सांसद पौडेलले बताए । ‘काम भए अनुसार ठेकेदारले रकम पाउनेछन्’,पौडेलले भने ।
यसैविच सडक निर्माणका लागि स्थानीयले आफ्नो भौतिक संरचना खालि गर्न थालेका छन् ।
६ सय मिटर सडक निर्माणको लागि सम्झौता भईसकेकाले सडक विस्तारको लागि सात दिन भित्र भौतिक संरचना हटाउने नगरपालिकाले सुचना प्रकाशित गरेपछि स्थानीयले सडक खाली गर्न थालेका हुन् ।
सडकको विच भागबाट ६.२५ मिटर दायाँ/बायाँमा रहेका भौतिक संरचना खाली गरेर सडक निर्माण कार्यमा सहयोग गरेको हो ।
यस अघि सडक १६ मिटरको बनाउने सहमति भए पनि विवाद भए पछि नगरपािलकाले १२.५ मिटर सडक निर्माणको लागि खाली गराउने सुचना प्रकाशित गरेको हो ।
शहीद चोक देखि शहीद पार्क पुग्ने सडक अन्र्तगत औतार टोल अगाडीको खोल्सीमा भने स्लाप ढलान हुने र पिच नभत्किएको ठाँउको बचत गरेर सडकको दुरी बढाउने नगरपालिकाको तयारी छ ।  

Post a Comment

 
Top