Latest News

0

निजगढसमाचार, निजगढ
दोस्रो अन्र्तराष्ट्रिय विमान स्थल निर्माण स्थलमा कति घर, जग्गा र कस्तो अवस्थामा छ भन्ने खटिएको टोलीले अन्तिम तथ्याड्ढ सार्वजनिक गरेको छ ।
दोस्रो अन्र्तराष्ट्रि विमान स्थल आयोजनाले तीन महिना लगाएर तथ्याड्ढ संकलन गरेको हो ।
जिल्ला मालपोत कार्यालयबाट समेत प्रमाणित गरिएको तथ्याड्ढ अनुसार एक हजार ६ सय ३१ घरधुरी रहेको रहेको आयोजना निर्देशक देवचन्द्रलाल कर्णले निजगढसमाचारलाई जानकारी दिए ।
उनका अनुसार त्यस्तै लालपुर्जा भएको जमिनमा एक सय १० घरधुरी रहेको तथ्याड्ढ सार्वजनिक भएको छ । त्यस्तै ऐलानीमा एक हजार पाँच सय २१ घरधुरीको रहेको छ ।
आयोजना भित्र ११ हजार ८ सय ७५ विगाहा ९ कठ्ठा १९ धुर विभिन्न खाले जमिनहरु रहेको छ ।
ब्यक्तिको नाममा दर्ता भएको जग्गा एक सय १० विगाहा ३ कठ्ठा ४ धुर रहेको छ । त्यस्तै सरकारी जग्गा दुई सय  विगाहा १३ कठ्ठा १३ धुर, ऐलानी जग्गा सात सय ४३ विगाहा १५ कठ्ठा ६ धुर, वन जंगल क्षेत्रमा १० हजार तीन सात सय ३९ विगाहा १३ कठ्ठा ३ धुर र नसर्रीले ओगटेको क्षेत्र दुई सय २८ विगाहा ६ कठ्ठा ११ धुर जमिन रहेको छ ।
त्यस्तै बाँझो पर्ती जमिन एक विगाहा १० कठ्ठा ९ धुर,  खोलाले ओगटेको क्षेत्रफल १० विगाहा ८ कठ्ठा २ धुर, पोखरीले ओगटेको क्षेत्रफल एक विगाहा १२ कठ्ठा ४ धुर, बगरले ओगटेको क्षेत्रफल ४ सय ३७ विगाहा ७ कठ्ठा ७ धुर जमिन रहेको छ ।
तथ्याड्ढ संकलनको महत्वपूर्ण काम सकिएको भन्दै अब अधिग्रहणको लागि अनुमति माग्ने काम भईरहेको आयोजनाले जनाएको छ ।
‘फिल्डको नाप जाँच गरि मालपोत कार्यालयको ढड्डासंग मिलाई प्रमाणित गरिएको तथ्याड्ढ हो ।’, कर्णले भने–यो नै अन्तिम तथ्याड्ढ हो ।’
‘अब हामी सुचना निकाल्छौं, अनि कसैलाई चित्त नबुझे त्यसबेलै निवेदन गर्न सक्छ ।’, कणले भने– आयोजनाले स्थानीयको तीन पुस्ते तथ्याड्ढ संकलन गरिसकेको छ । ‘कसको जमिन छ , कसको घर छ सबै तथ्याड्ढ संकलन गरेका छौं,’ कर्णले भने ।
नागरिक उड्यान प्राधिकरण मार्फत संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई अधिग्रहणको लागि अनुमति माग्ने पक्रियामा आफु रहेको कर्णले बताए । स्वीकृति पाउनासाथ सुचना प्रकाशित हुन्छ ।
आफैले बनाउने प्रस्ताव पेशः पोखरेले
बाराको निजढमा निर्माण गर्न लागिएको अन्तराष्ट्रिय विमानस्थल नेपाल सरकार आफैंले बनाउने प्रस्ताव अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले बताएका छन् ।
‘यो विमानस्थल नेपालीकै लगानी र नेपाल सरकार आफैले निर्माण गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको छ ।’–मन्त्री पोखरेलले भने ।
यो विमानस्थ निर्माण स्वदेशी पुँजीबाट निर्माण गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको हो । यसबारे मन्त्रिपरिषद् बैठकको छलफलमा आइसकेको जानकारी पोखरेलले दिए । नेपाल नागरिक उड्यन प्राधिकरणले यो विमानस्थल एक खर्ब २१ अर्ब रुपैयाँमा बनाउन सकिने प्रारम्भिक अनुमान गरिसकेको छ । यसैलाई आधार मानेर नेपाल सरकारले विमानस्थल निर्माणको काम अगाडि बढाउने जानकारी मन्त्री पोखरेलले दिएका छन् ।
विमानस्थल अत्याधुनिक सुविधा सम्पन्न हुने भए पनि तत्कालका लागि एउटा धावनमार्ग र टर्मिनल भवन बनाएर सञ्चालन गर्न सकिन्छ । सरकारले दुईवटा धावनमार्गकै विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गरेर राख्ने र आवश्यक पर्दा प्रयोग गर्न सकिने मन्त्रीले जानकारी दिए । मन्त्री पोखरेलका अनुसार विदेशी सहयोग र ऋण लिएर भए पनि नेपाल सरकार आफैले विमानस्थल निर्माणको नेतृत्व गर्नुपर्छ ।
यो विमानस्थल निर्माण गर्न कोरियाली कम्पनी ल्यान्ड मार्क वल्र्डवाइड (एलएमडब्लू)ले सन् २०१० मा नै विस्तृत सम्भाव्यता अध्ययन गरेर पर्यटन मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । यो विमानस्थल निर्माण गर्ने जिम्मा ल्यान्ड मार्कलाई नदिए अध्ययन प्रतिवेदन तयार पार्दा लागेको ३६ मिलियन अमेरिकी डलर नेपाल सरकारले व्यहोनुपर्ने प्रस्तावमा उल्लेख छ । नेपाल सरकार भने यो अध्ययन प्रतिवेदन नखोल्ने र पैसा पनि नतिर्ने र आफैं सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्ने तयारी गरेको मन्त्रालयको भनाइ छ ।
विमानस्थललाई आवश्यक १२ हजार बिघा जग्गामा चारकिल्ला गाड्ने र जग्गाको नापजाँच गर्ने काम सकिएको छ ।
नेपाल नागरिक उड्यन प्राधिकरणले यो विमानस्थल एक खर्ब २१ अर्ब रुपैयाँमा बनाउन सकिने प्रारम्भिक अनुमान गरिसकेको छ ।
विमानस्थल निर्माण गर्न टाङ्गीया बस्तीमा रहेको १४ सय घुरीलाई स्थानान्तरण गर्नुपर्छ भने करिब ९० प्रतिशत सरकारी जग्गामा रहेको वन काटान गर्नुपर्छ ।
विमानस्थल निर्माण गर्न सरकारले कसरी निर्माण गर्ने, स्रोतको व्यवस्था कसरी गर्ने र कति समय लगाउने सहितका विषयलाई समेटेर विमानस्थल निर्माणको मोडालिटी तयार पार्नुपर्ने कर्णको बुझाइ छ । करिब १८ वर्षदेखि निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिए पनि यसले अझै मूर्तरूप लिन सकेको छैन ।

Post a Comment

 
Top