0

महिलालाई आत्मनिर्भर बनाउन सबैभन्दा पहिला रोजगार मुलक सिप दिलाउनु पर्छ । प्राविधिक शिक्षाको अभावमा रोजगार मुलक सिप अभाव भएकै कारण महिलाहरु बेरोजगार छन् ।
हातमा रोजगार मुलक सिप नभएपछि घरायसी काममा मात्र अल्झिनु पर्ने बाध्यताका कारण अरुप्रति आश्रित हुनु पर्ने अवस्था पनि छ । आर्थिक रुपमा श्रीमान प्रति आश्रित हुन पर्दा घरेलु महिला हिंसा समेत बढी हुने गरेको तथ्याड्ढ छ ।
औपचारिक शिक्षा पुरा गरे पनि रोजगारी पाउन नसकेका महिलाहरु समेत अब सिप सिक्न तम्सेका छन् । रोजगार प्रदायक संस्था कुशल ब्यवसाय परामर्श तथा तालिम केन्द्र निजगढको आयोजनामा निजगढमा संचालन भएको केश श्रृगार तालिममा पनि यस्तै देखिएको छ ।
ब्यवसायिक सिप विकास तथा तालिम केन्द्र हेटौडाको सहकार्यमा भईरहेको तालिम दलित तथा जनजाति तथा गरिब परिवार लक्षित भए पनि अन्य समुदाय र पढेलेखेका महिलाहरु नै तालिममा सहभागि छन् । यस्ता २० जना महिलाहरु तालिममा छन् ।
तालिममा मुख्य प्रशिक्षक काठमाण्डौंकी ब्यूटिसियन पूर्णिमा खरेल र सहायक प्रशिक्षक मनिषा लामा छिन् । निजगढमा दक्ष प्रशिक्षकको अभाव भएकाले बाहिरबाट प्रशिक्षक ल्याएको हो ।
निजगढ–८ स्थित कुशलको कार्यालयको संचालित कक्षा तीन महिना संचालन हुने छ । तालिम सिकेर महिला आत्मनिर्भरको बाटोमा लाग्ने अवसर पाउने छन् । महिलाहरुले आफैंले पार्लर ब्यवसाय सुरु गर्न सक्छन् । बेरोजगार महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले आयोजित तालिमको लक्ष्य पुरा गर्न पनि महिलाहरुलाई ब्यवसाय सुरु गर्न समेत आवश्यक सहयोगको खाँचो हुने छ । तालिमबाट दक्ष ब्यूटिशियन उत्पादन हुनेछन् । उनीहरुलाई पार्लर संचालन गर्न सहकारी संस्था लगायत सहयोगी हातहरु पनि आवश्यक छ ।

Post a Comment

 
Top