0


निजगढसमाचार, निजगढ
तपाईहरु मध्ये धेरैले पढेको निजगढ–८ बजार स्थित गौरी शंकर उच्च माध्यमिक विद्यालयको यो भवन अब तस्विरमा सिमित हुने भएको छ । आफुले कखरा सिकेको विद्यालयको सम्झना आएर कुनै दिन विद्यालय पुग्दा त्यो भवन देख्न पाउनु हुनेछैन् ।
गत वैशाख १२ गते र २९ गते आएको भुकम्पको परकम्पले भवन धराप बनाए पछि प्रायः सवै कोठाको भित्ता बस्नै नहुने गरि चर्काएको थियो ।
अब यो भवन भत्काउन सुरु गरिएको छ । कुन बेला ढल्ने हो भय सृजना गरिरहेको भवन विद्यालयले भत्काउन सुरु गरेको छ ।
विद्यालयको पुरानैं संरचनाको त्यस दुई तल्ले विद्यालय भवनको कक्षा कोठामा करिब ९ सय जना विद्यार्थी पठनपाठन हुदैँ आएकोमा भुकम्प पछि बिहान र दिउँसोको पढाई गर्दै आएको छ ।
शिक्षा मन्त्रालयको सहयोगमा नयाँ भवन निर्माण हुने भएपछि पुरानो भवन भत्काउन लागिएको हो ।
भवन भत्काउन विहीबारदेखि सुरु गरिएको हो । मजदुरहरुले छतमा घन ठोकिरहेका छन् । त्यस अघि स्थानीय प्रशासन, स्थानीय निकाय, सरोकारवाला समिति र संचारकर्मीको रोहवरमा भवन भत्काउन सुरु गरिएको हो । ‘भुकम्पका साना परकम्प र ठुलो हावा हुरिले पनि भवन ढल्ने खतरा थियो,’ विद्यालयका प्रार्चाय सुर्दशन कोइरालाले भने– अब त्यो खतरा टरेको छ ।
पुरानो संरचना खाली गरेसंगै नयाँ भवन निर्माण थालिने विद्यालयले जनाएको छ ।
प्रदेशस्तरिय कार्यक्रममा सहभागि हुन यहि विद्यालयमा आएका शिक्षा मन्त्री गरिराजमणी पोखरेलले भवन निरीक्षण गर्दै तपाईहरु ढुक्क हुनुस् मेरो जिम्मा भयो भनेर भनेका थिए । मन्त्री पोखरेलले गरेका बाचा पुरा गर्दैै बजेट छुट्याएसंगै नयाँ भवन बन्ने पक्का भएको हो ।

Post a Comment

 
Top