0
निजगढसमाचार, निजगढ
संरक्षण गर्नुपर्ने वन तस्करसंग मिलेर फडानी गरेको आरोपमा रतनपुरको कैलाशपती सामुदायिक वनका अध्यक्ष बुद्ध घलान र उपाध्यक्ष राजकुमार घलान पक्राउ परेका छन् ।
जिल्ला वन कार्यालयले उनीहरुलाई शुक्रबार पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । अनुसन्धानको क्रममा बुधबार नियन्त्रणमा लिइएका सामुदायिक वनका हेरालु वीरबहादुर स्याङगबोले दिएको सुचनाको आधारमा तस्करसंग मिलिमतो गरेर वन फडानी गरेको पाइएपछि अध्यक्ष र उपाध्यक्ष घलानलाई पक्राउ गरी कारवाही शुरु भएको जिल्ला वन अधिकृत जीवन कुमार ठाकुरले बताए ।
त्यसैगरी कार्यालयले भलुहिखोरका इलाकाका वन रक्षक ध्रुव यादव, जोगेन्द्र चौधरी, विन्देश्वरी हजारा र शम्भु बहादुर बस्नेतलाई निलम्बन गरेको छ । ठाकुरले भलुहिखोर इलाकामा भने नियमित गस्ति अभावमा फडानी भएको देखिएपछि वन रक्षकहरुलाई निलम्बन गरिएको बताए ।

Post a Comment

 
Top