0
निजगढसमाचार, निजगढ, ०३ बैशाख
बाराको निजगढमा भोली शनिबार संयुक्त राजनीतिक दलको आयोजनामा बारा निजगढ–५ बागदेवका महान शहीद हिरालाल गौतमको १० औं स्मृती सभा आयोजना हुने भएको छ । 
आज विहान निजगढका विभिन्न राजनीतिक दलको संयुक्त बैठकले २०६२/६३ को ऐतिहासिक जन आन्दोलन–२ को क्रममा २०६३ बैशाख ४ गते बाराको निजगढमा भएको बृहद् प्रदर्शनको क्रममा तत्कालिन शाही सरकारको निर्देशनमा सेनाको गोली प्रहारबाट शहादत प्राप्त गरेका गौतमको स्मृतीमा सभा गर्ने निर्णय गरेका हुन् ।
शभामा शहीद परिवार र घाईतेलाई सम्मान कार्यक्रम गर्न लागिएको नेकपा क्रान्तिकारी माओवादीका निजगढ नगर संयोजक रबिराज दंगालले जानकारी दिए । बैठकमा नेपाली कांग्रेसका निजगढ सभापति महेशी कुंमर, एनेकपा माओवादीका निजगढ नगर अध्यक्ष बेनी बहादुर मोक्तान, नेकपा क्रान्तिकारी माओवादीका निजगढ संयोजक रबिराज दंगाल, राप्रपाका निजगढ नगर संयोजक सन्तबहादुर राउत, मालेका शंकर चिमरिया, रामसमका निजगढ अध्यक्ष मोजहर मन्सुर लगायतको सहभागिता रहेको थियो ।
आयोजनक समितिले भोली विहान १० बजे निजगढस्थित ईलाका प्रहरी कार्यालय अगाडी हुने कार्यक्रममा सहभागि हुन निजगढका सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, विद्यार्थी, संघसंस्थालाई अनुरोध गरेको छ । 

Post a Comment

 
Top