0
टेकबहादु लामा १४७, विदुरलाल श्रेष्ठ ४४ मत
निजगढसमाचार, निजगढ, ४ बैशाख
बारा उद्योग वाणिज्य संघ निजगढ शाखाको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा टेकबहादुर लामा निर्वाचित भएका छन् । निर्वाचनमा टेक बहादुर लामाले एक सय ४७ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी विदुरलाल श्रेष्ठले ४४ मत प्राप्त गरेका छन् । दुई सय ६४ मतदाता रहेको संघको निर्वाचनमा एक सय ९२ मत खसेको थियो ।
यस अघि नै सर्वम्मतिबाट उपाध्यक्षमा प्रमोद सिग्देल, सचिवमा चन्द्र बहादुर न्यौपाने, कोषाध्यक्षमा रबी बर्तौला, सदस्यहरुमा जनक श्रेष्ठ, रामकृष्ण नेपाल, हेमालाल गौतम र अरुण कुमार साह निर्वाचित भईसकेका छन् । यस अघि अध्यक्षका उम्मेदवार मकुन्द लामिछानेले विदुर लाल श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

Post a Comment

 
Top