0


निजगढसमाचार, निजगढ, ४ बैशाख
बारा उद्योग वाणिज्य संघ निजगढ शाखाको नयाँ नेतृत्वको लागि अहिले मतदान चलिरहेको छ । अध्यक्षको लागि टेक बहादुर लामा र विदुरलाल श्रेष्ठ विच निर्वाचन भईरहेको छ । दुई सय ६४ मतदाता रहेको संघको १० औं साधारण सभाबाट सर्वम्मतिबाट उपाध्यक्षमा प्रमोद सिग्देल, सचिवमा चन्द्र बहादुर न्यौपाने, कोषाध्यक्षमा रबी बर्तौला, सदस्यहरुमा जनक श्रेष्ठ, रामकृष्ण नेपाल, हेमालाल गौतम र अरुण कुमार साह निर्वाचित भईसकेका छन् । यस अघि अध्यक्षका उम्मेदवार मकुन्द लामिछानेले विदुर लाल श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

Post a Comment

 
Top