0
निजगढसमाचार, निजगढ
नेपाल विद्युत प्राधिकरणले आज मंगलबार देखि लागू हुने गरि लोडसेडिङ घटाएको छ । चैत १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षालाई मध्यनजर गर्दै प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ घटाएको हो ।
प्राधिकरणले अहिले सातामा ८४ घण्टा लोडसेडिङ गर्दै आएकोमा मंगलबारदेखि सातामा ७७ घण्टामात्रै लोडसेडिङ हुनेछ ।
प्राधिकरणका प्रणाली सुधार तथा सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले नदीहरुमा पानीको बहाव नबढेपनि बैकल्पिक उपाय लगाएर एसएलसीको तयारीमा रहेका विद्यार्थीको सुविधाको लागि लोडसेडिङ घटाउन लागिएको बताए ।
प्राधिकरणले दुई वटा लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । औद्योगिक ग्राहकको लोडसेडिङ यथावत राख्दै प्राधिकरणले अन्य सर्वसाधारणको भने घटाएको जनाएको छ ।
प्राधिकरणले चपुर–पथलैया–परवानीपुर–वीरगंज–सिमरा–अम्लेखगञ्ज क्षेत्रको सप्लाई भएका ग्राहकको बेग्लै तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले ७ वटा समुहमा विभाजन गरेर तालिका सार्वजनकि गर्दै आएको छ । निजगढ नगरपालिका समुह ३ अन्र्तगत पर्दछ ।

Post a Comment

 
Top