0

निजगढसमाचार, निजगढ
नेकपा एमाले निजगढ नगरपालिका अन्तर्गत वार्ड नं १,२,३ को संयूक्त वार्ड अधिवेशन सम्पन्न भएको छ ।
चैत्र १३ गते केन्द्रिय सदस्य दिनेश राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । भेलाले वार्ड नं. १ मा दिल वहादुर घलानको अध्यक्षतमा कमिटि गरेको भएको हो । 
कमिटिको उपाध्यक्षमा प्रेम बहादुर बन्जारा, सचिवमा राकेश लामा, सहसचिवमा रामचन्द्र कार्की चयन भएका छन् । त्यस्तै कमिटिको सदस्यहमा जानुका वुढाथोकी, चोला कुमारी दहाल, मान बहादुर स्याङतान, बाबुलाल राई, नारायणसिंह मुक्तान र लोक बहादुर कार्की रहेका छन् ।
त्यस्तै वार्ड नं. २ मा देवेन्द्र बहादुर पुलामीको अध्यक्षतामा  कमिटि गठन भएको छ ।
गठित कमिटिको उपाध्यक्षमा  शिव बहादुर केसी, सचिवमा अमृत थापा, सहसचिवमा रमिला बि.क. रहेका छन् । त्यस्तै कमिटिको सदस्यहरुमा मिन बहादुर दर्लामी, पातलि बुढाथोकी, मन माया बि.क., रूणश्री ढोडारी र राम बहादुर थापा रहेका छन् ।
त्यस्तै वार्ड नं. ३ को वडा कमिटिको अध्यक्षमा तोप बहादुर रखाल चयन भएका छन् । 
कमिटिको उपाध्यक्षमा नौमान भुलोन, सचिवमा शसि कटुवालि, सहसचिवमा बिष्णु प्रसाद तिमल्सिना र सदस्यहरुमा ज्ञान बहादुर स्याङतान, हरि प्रसाद बजगाई, सुजता राउत, रिना कुमारी कटुवाली, वर्गन माया थोकर, रामलाल जिम्वा, रण बहादुर कटुवाली, शिवर्ह सापकोटा, प्रेम बहादुर योन्जन रहेको जिल्ला सदस्य नारायण प्रसाद गौतमले जानकारी दिए ।

Post a Comment

 
Top