0
निजगढसमाचार, कलैया
दोस्रो सभासद क्रिकेट टुर्नामेन्ट प्रतियोगिता आगामी बैशाख ११ देखि १९ सम्म कलैयामा सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा नेपाल र भारतका आठ वटा टिमको सहभागिता रहने आयोजनकले जनाएको छ । प्रतियोगितामा संसदीय विकास कोषबाट एक लाख पचास हजार सहयोग प्रदान गरिएको छ । प्रतियोगिताको विजेताले  ५० हजार र उपविजेतले २५ हजार नगद पुरस्कार पाउनेछन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य फरमलुहा मन्सुरले खेलक्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
जिल्ला क्रिकेट संघ बाराले सोमबार कलैयामा पत्रकार सम्मेलन गरेर दोस्रो सभासद क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य फरमलुहा मन्सुरले खेल क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् । राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा समेत पहिचान बनाइ सकेकाले यसको विकासका लागि सबैलाई सहयोग गर्न आग्रह गर्छु,–मन्सुरले भने ।
संघका अध्यक्ष प्रभातकुमार चौरसियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सचिव अनिल चौगाईले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Post a Comment

 
Top